तिजको लहर आयो बरिलै,सेक्टेम्बर १३ मा बार्सिलोना घन्कदै


बार्सिलोना –
प्रवासी नेपाली मञ्च स्पेनले हरेक बर्ष आयोजना गर्दै आएको तिज बिशेष कार्यक्रम यस बर्ष पनि आयोजना गर्ने भएको छ। महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा मञ्चले शुभकामना आदान – प्रदान सहित बिशेष सास्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो।

आगामी सेक्टेम्बर १३ तारिक आईतबार बार्सिलोनामा आयोजना गरिने कार्यक्रम सम्पन्न गर्नको लागि मञ्चले रिता ढुंगाना रेग्मीको संयोजकत्वमा तयारी समिति समेत गठन गरेको छ। समितिमा लक्ष्मण शर्मा,हेम प्रसाद पाण्डे,दिनेश रेग्मी र राम प्रसाद कडेल सदस्यहरु रहेका छन्।

हरितालिका तिजको अबसरमा स्पेनबासी नेपाली समुदायलाई हरेक बर्ष जस्तै यो पटक पनि कार्यक्रममा उपस्थित भई सफल पार्न मञ्चले अनुरोध गरेको छ।

कार्यक्रम बारे पूर्ण बिबरण

मिति :– १३ सेक्टेम्बर ,०१५ आईतबार
स्थान: – Carrer de Sants, 79,08014, Barcelona
समय :- अपरान्ह ४ बजे देखी
प्रबेश शुल्क :- १० युरो

तस्बिर:- सुबास बहादुर बिष्ट ( फाईल फोटो )

1234473_10153181809460567_268001134_n1184847_10153181811560567_1954388385_n1176335_10153181806720567_1005925765_n1234465_10153181812355567_899247098_n10689944_10154525670795567_5825719371953986578_n