को को कुन पदमा भिड्दै छन् एन आर एन डेनमार्कमा ?


एक पदमा चार जनाको उम्मेदवारी, आइ. सी. सी. अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षमा बढी प्रतिस्पर्धा

कोपनहेगन । एन आर एन डेनमार्कको आगामी २४ गते हुने अधिवेशन तथा नयाँ कार्यसमितिको चयनको लागि तयारी तिव्र रुपमा तयारी भएको छ भने नेतृत्व तथा कार्यसमितिका अन्य पदहरुमा उमेदवारी दिने कार्य भने सकिएको छ ।

निर्वाचन समितिले अगस्ट १७ को दिन मात्र उम्मेदवारी दिने समय तोकेकोमा निकै उल्लासपूर्वक धेरै उम्मेदवारहरु कार्यसमितिमा आउनको लागि इच्छुक देखिएका छन् ।
निर्वाचन समितिका अध्यक्ष उद्धव सिग्देलले दिएको जानकारी अनुसार यो पटक निकै धेरै जना कार्यसमितिमा आउन इच्छुक देखिएका छन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार निम्नानुसारका उम्मेदवारहरु नयाँ कार्यमितिको नेतृत्व तथा कार्यसमितिमा आउन उच्छुक दिखेका छन् ।

एक जना अध्यक्ष रहने पदमा चार जनाको उम्मेदवारी परेको छ । जसअनुसार अध्यक्षमा दिपेन्द्र चुडाल, प्रबाखर पौडेल (प्रभात किरण),शिव कार्की र  हेम प्रसाद अर्याल  रहेका छन् । यसैगरी दुइ जना उपाध्यक्ष चाहिने पदको लागि पाँच जनाको उम्मेदवारी परेको छ । जसमा भुवन राज भट्ट, इश्वर प्रसाद शर्मा, जनार्दन अधिकारी, नरेन्द्र बहादुर बस्नेत र  नरायण नगरकोटि रहेका छन् ।

यसैगरी एक जना महासचिव पदको लागि दुइ जनाको उम्मेदवारी परेको छ । जसमा गोविन्द पौडेल र रविन्द्र खड्का रहेका छन् ।
यसैगरी एक जना सचिव चाहिनेमा दुइ जनाको उम्मेदवारी परेको छ । जसमा रमेश काफ्ले र राजमान तामाङ्ग रहेका छन् ।

यसैगरी एक जना कोषाध्यक्षको पदमा चार जनाको उम्मेदवारी परेको छ । जसमा रमेश अधिकारी, गुरु प्रसाद सापकोटा, कमल सिवाकोटि र लक्ष्मी प्रसाद जमरकट्टेल रहेका छन् ।

यसैगरी एक जना महिला सदस्यको लागि चार जनाको उम्मेदवारी परेको छ  जसमा जमुना देवि रिजाल कँडेल,कल्पना शर्मा गौतम, लक्ष्मी वेलवासे अधिकारी र मनिषा सिंह कोइराला  रहेका छन् ।

यसैगरी एक जना चाहिने युवा प्रतिनिधीमा दुइ जनाको उम्मेदवारी परेको छ । जसमा प्रशान्त राज बानियाँ र झपेन्द्र बम मल्ल (धुर्व मल्ल) रहेका छन् ।

सदस्यहरु सबै निर्विरोध
पाँच जना सदस्य चाहिनेमा पाँच जानाको मात्र उम्मेदवारी परेको छ । उनीहरु सबै निर्विरोध भएका छन् । उनीहरुमा अशोक शर्मा, बैकुष्ठ खनाल, किशोर प्रसाई (निरज प्रसाई), प्रशान्त सापकोटा र बेदराज गिरि रहेका छन् ।

आइ. सी. सी. मा तीन जना

सबैभन्दा महत्वपूर्ण मानिएको एक जना चाहिने आइ सी सी पदको लागि तीन जनाको उम्मेदवारी परेको छ । जसमा मोहन राज मिश्र , प्रविन कुमार प्रजापति र दिपक सापकोटा रहेका छन् । मिश्र भूतपूर्व अध्यक्ष हुन् भने सापकोटा हालका अध्यक्ष हुन् । प्रजापती पसल व्यवसायी हुन् साथै एन आर एन डेनमार्कका संस्थापक महासचिव पनि हुन् ।

सहमती बन्न सक्ला ?

उम्मेदवारी दर्ता भए संगै सहमती बन्न सक्ने अड्कल काटीए पनि उक्त सम्भावना अझै रहेको भने छ तर सहमती बन्ने सम्भावना थोरै मात्र रहेको देखिए पनि केहि उम्मेदवारीहरु फिर्ता हुन सक्ने देखिएको छ । निर्वाचन समितिका प्रवक्ता दिपक राज रिजालले दिएको जानकारी अनुसार फिर्ता लिन सक्ने समय भोलि १९ अगस्ट बेलुकी पाँच बजेसम्म मात्र रहेको छ ।