स्पेनबाट भूकम्प प्रभावित बिद्यार्थीहरुलाई स्कूल झोला


बार्सिलोना /
स्पेनमा रहेका नेपालीहरुको सक्रियतामा भूकम्प प्रभावित काभ्रे जिल्लाका तिन बिद्यालयहरुमा चार सय पाँच थान स्कुल झोला बितरण गरिएको छ। स्पेनिस नागरिकहरुले गरेको आर्थिक सहयोग संकलन गरि प्रभावित जिल्लाका बिद्यार्थीहरुका लागि शैक्षिक सामग्री बितरण गरिएको हो।

काभ्रे जिल्ला स्थित शान्ति निकेतन माध्यमिक बिद्यालय.लालीगुराँस प्राथमिक बिद्यालय र शिब प्राथमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई स्कुल झोला बितरण गरिएको छ। बार्सिलोना निबासी डिक कार्की र सरला सापकोटाको दम्पतीले, स्पेनमा १ हजार २ सय ८० युरो संकलन गरि आँफू पढेको स्कुललाई सहयोग गरेका हुन्। बितरण गरिएको स्कुल झोलामा नेपाल,स्पेन र कातालान झण्डाहरु समेत अंकित गरिएका छन्।

गाउँमा नै पुगेर झोला बितरण गरेका कार्कीले बालबालिकाहरु निकै खुशी भएको बताएका छन्। उनले भने,” हामीले आफ्नो गाउँ ठाँउको लागि आँफूले सकेको सहयोग गरेका हौ। बालबालिकाहरु खुशीले उफ्रेको देख्दा, मनमा साह्रै आनन्द आयो,सानै सहयोगले पनि खुशी दिन्छ भने सन्तुष्टि लाग्ने रहेछ। “unnamed-17छुट्टाछुट्टै बिद्यालयहरुमा पुगी शैक्षिक सामग्री बितरण गर्ने क्रममा बिद्यालयका प्रधानध्यापक लगायत शिक्षक तथा केहि अभिभाबकहरुको समेत उपस्थिति रहेको कार्कीले बताएँ।  प्रबास देखि बालबालिकाहरुको सहयोग गरेकोमा बिद्यालयहरुले सहयोगीलाई धन्यबाद ब्यक्त गरेका छन्।

बितरण कार्यक्रममा शान्ति निकेतन माध्यमिक बिद्यालयका प्रधानाध्यापक रामचन्द्र केसी पदम तामाङ्.केदार सापकोटा,राजेन्द्र सापकोटा, बिनोद सापकोटा, डिक कार्की लगायतको उपस्थिति रहेको थियो।