एनआरएन अध्यक्ष फेरि बने पनि नबने पनि,पुन:र्निमाणमा लागिरहन्छु – शेष घले


– वसन्त रानाभाट,

 बार्सिलोना / गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समस्य परिषदका अध्यक्ष शेष घलेले भूकम्पबाट ध्वस्त बनेको मुलुकको पुनर्निर्माण आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

एनआरएनको नेतृत्व लिएपछि घलेले उल्लेखनीय कार्य गरेको भन्दै पुनः नेतृत्व लिनुपर्ने आवाज गैरआवासीय नेपालीहरु माझ उठिरहेका बेला घलेले एनआरएन अध्यक्ष भए पनि नभए पनि आफू पुनर्निर्माणमा लाग्ने बताएका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले बुधबार बार्सिलोनामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै घलेले भूकम्पका बेला गरेको कोसिसका कारण एनआरएनहरुले गर्न सक्छ भन्ने आशा, गाउँगाउँमा जागेको बताए । ‘देशको लागि धेरै गर्न सक्छौ जस्तो लाग्छ’ भन्दै घलेले अब पुर्निमाणमा लाग्न सम्पूर्ण गैरआवासीयहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

उनलेे गैरआवासीयहरुले प्रतिबद्धता जनाएको एक हजार घर निर्माण कार्यलाई पुरा गरी छाड्ने बताए । ‘बिपतमा गरेको सहयोगका कारण गाउँगाउँमा आशा बढेको छ’ उनले भने, ‘यो काम निकै जटिल काम हो, त्यसैले सचेत हुन जरुरी छ ।’

घलेले पुनर्निर्माणमा गल्ती गरे एनआरएनले अहिलेसम्म गरेका सबै उपलब्धी गुम्ने हुँदा काम गर्दा निकै सचेत हुनुपर्नेमा जोड दिए । घर निर्माणका लागि सरकारसँग अनुमति लिन लागेको पनि उनले जानकारी दिए । राहत बितरणपछि अब फेरि नयाँ काम गर्न लागेको उल्लेख गर्दै उनले फरक र नयाँ बाटोमा लागेर काम गर्न खोजिएको बताए ।

अन्तरक्रियामा बोल्ने सबै जसो बक्ताहरुले घलेलाई फेरि नयाँ नेतृत्वको लागि तयार हुन र उम्मेदवारी घोषणा स्पेनबाट नै गर्न अनुरोध गरिरहँदा घलेले आफू अहिले उक्त अभियानमा नआएको स्पष्ट गरे । उनले विभिन्न ठाउँमा रहेका गैरआवसीय नेपालीहरुको साथ पाएकोमा आभार ब्यक्त गर्न मात्रै आएको जनाए ।

‘मलाई विश्वास गर्दै सबैले एकै स्वरमा नेतृत्व लिनुपर्छ भन्दै सायद पटक-पटक दोहोर्याएको स्पेन पहिलो ठाउँ हो’ घलेले भने, ‘तर एउटा कुरा म आजै ग्यारेन्टी दिन्छु, एनआरएनको फेरि अध्यक्ष बने पनि नबने पनि आफूले सकेको स्रोत, साधान र समय दिएर देश पुनर्निर्माणमा पूर्ण रुपमा लाग्छु ।’

घलेले भूकम्पपछिको विपद् ब्यवस्थापनमा आफ्नो भन्दा श्रीमती जमुनाको भूमिका अग्रणी रहेको बताए । “म अगाडी सरें, तर एउटा फेस मात्र थिएँ, पछाडि धेरै मान्छे लागि परेका हुन्छन् ।’ घलेले हाँस्दै भने, ‘बिपत ब्यवस्थापन गर्नको लागि मेरो भन्दा ठूलो रोल मेरी श्रीमतीको थियो ।’ एनआरएन अध्यक्ष घलेले आफूलाई श्रीमती जमुना गुरुङले सामाजिक सेवाका लागि ठूलो उत्प्रेरणा दिएको बताए ।

बिपतका बेला तीन सय बढी गैरआवासीयहरु अहोरात्र खटिएको स्मरण गर्दै आफ्नो मात्रै चर्चा नगर्न पनि अनुरोध गरे ।भूकम्पपछि गाउँ-गाउँमा आफै पुग्नुमा पीडितलाई राहत बाड्न पुगेका गैरआवासीयहरुलाई उत्प्रेरणा दिनु रहेको उनले बताए । घलेले विपद्मा परेका नेपालीहरुले दिएको श्रद्धा जीवनकै स्मरणीय उपहार रहेको बताए ।

“हाम्रा गाउँ घरमा यस्ता मान्छेहरु पनि फेला परे, बस्ने एउटा घर छैन, बच्चा काखमा लिई राखेका छन्, केही पकाउने भाँडो पनि छैन तर फेरि भन्छन् पख्नुहोस्, चिया त खाएर जानुहोस् ।’ घलेले सम्भिmए, ‘नेपालीहरुको त्यति बलियो मन, शारीरिक रुपमा र मानसिक रुपमा पनि रहेछ ।’

बिशेष दूत बनाइए पनि सरकारी ब्यक्ति होइन

घलेले आफूलाई सरकारले विशेष दूत घोषणा गरे पनि आफू सरकारी ब्यक्ति नभएको स्पष्ट गरे । गैरआवासीयहरुलाई छाडेर अब सरकारको बिशेष दूत भएकोबारे सहभागीको जिज्ञासामा उनले आफूले कुनै पनि सरकारी सेवा नलिएको बताए ।

‘तपाईहरु ढुक्क हुनुहोस् म सरकारी ब्यक्ति होईन’, उनले भने, ‘बिदेशमा मेरो प्रयासले केही गर्न खोज्दा हुने खर्चमा पनि सरकारबाट एक पैसा नलिने कन्डिसनमा मात्र दूत स्वीकार गरेको हुँ ।’

उनले भने, ‘मलाई बिश्वास छ, सरकारले मलाई मात्र दिएको जिम्मेबारी होईन, यो तपाईँको पनि उपाधि हो, यो हामी सबैको जिम्मेवारी हो ।’

एनआरएन स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ,बार्सिलोना स्थित नेपाली अबैतानिक बाणिज्य दूत लुईस बेल्बिस,गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सल्लाहकार दिल गुरुङ, आईसीसी सदस्य दीपक खरेल,प्रस्ताबित सदस्य एकराज गिरी लगायत स्पेन स्थित संघ सँस्थाका प्रतिनिधिहरुले बोलेका थिएँ।IMG_6244भूकम्प पिडितहरुलाई स्पेनमा सहयोग जुटाउँन सहयोग गर्ने नेपाली अबैतानिक बाणिज्य दूत बेल्बिस, संघ सँस्थाका प्रतिनिधीहरु लगायत पत्रकारहरुलाई खादा लगाएर अध्यक्ष घलेले आभार प्रकट गरेका थिएँ।

लक्जम्बर्ग र फ्रान्सका गैरआबासीयहरुसँग घलेको छलफल

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद लक्जम्बर्गको अधिबेशन सम्पन्न भएको छ। संघका केन्द्रिय अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो। सानो मुलूक त्यसमा पनि कम नेपालीहरु बसोबास गर्ने बताईए पनि कार्यक्रममा नेपाली समुदायको उपस्थिति निकै बाक्लो रहेको थियो। अधिबेशनले रमेश तयनाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्ब सम्मत निर्बाचित गरेको छ।11886183_1166074076742979_6279109674570311639_oमंगलबार साँझ नै लक्जम्बर्गको कार्यक्रम सकेर अध्यक्ष घले फ्रान्स पुगेका थिए। घलेको उपस्थितिमा बुधबार बिहान पेरिसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा घलेले भूकम्पको बेला सहयोग जुटाउने सबै गैर आबासीयहरुलाई धन्यबाद तथा आभार प्रकट गरे।

कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देवी लुईटेल,दुताबास उपनियोग प्रमुख राम बाबु ढकाल लगायत फ्रान्स स्थित गैर आबासीयहरु ,संघ सस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिति रहेको थियो।

युरोप भ्रमणमा क्रममा घलेले यसअघि जर्मनी,नेदरल्यान्ड्स, बेल्जियम,लक्जम्बर्ग,फ्रान्सका एनआरएनहरु सँग छलफल गरि स्पेन आएका हुन्। युरोपको साता ब्यापी भ्रमण सकेर अध्यक्ष घले अगष्ट १३ तारिक बिहिबार बार्सिलोनाबाट कतार प्रस्थान गर्दै छन्।11882306_1166732506677136_5943768564428516654_o