एनआरएन स्पेनको अन्तरक्रिया तथा च्यारिटी डिनर बारे सूचना


गैर आवासीय नेपाली संघका केन्द्रिय अधक्ष्य श्री शेष घले ज्युको प्रमुख आतिथ्यमा यहि मिति २०१५-अगस्ट-१२ तारीखका दिन “भुकम्प पछि को पुनर्निर्माणमा गैर आवासीय नेपाली संघको योजना तथा बन्दै गरेको संबिधानमा हाम्रो अधिकार” बिषयक अन्तरक्रिया हुन गैरहेकोले समस्त स्पेनबासी नेपाली राजनैतिक जातिय क्षेत्रीय सामाजिक संघ संस्था ब्यापार ब्यबसायी बुद्धिजिबी कलाकार बिद्यार्थी पत्रकार तथा समाजसेबी सबैलाई उपस्थिति को लागी हार्दिक आमन्त्रण गर्दछौ |

पुनश्च: अन्तरक्रिया पछि गैर आवासीय नेपाली संघ स्पेनको कार्यालय स्थापनार्थ प्रमुख अतिथिज्यु कै समुपस्थितिमा च्यारिटी डिनर आयोजना गरिएकोले इच्छुक सबैलाई आफ्नो आफ्नो नाम टिपाई दिनुहुन अनुरोध गर्दछौ |

स्थान :-ओला नेपाल रेस्टुरेन्ट
ठेगाना :- carrer lepant ३२१
समय :- बेलुका ६:३० बजे देखी
च्यारिटी डिनर :-बेलुका ९:००देखी १२:०० सम्म

उमेश अधिकारी
महासचिब