आफ्नै देशको कुरा काँट्छौ बिदेशमा बसी


– तारा पौडेल,वैम्ली
बैर भाब छैन हजुर आफ्नु देश प्रति
आफ्नै देशको कुरा काट्छौ बिदेशमा बसी।
दोष दिन्छौ आफ्नो देशलाई बिदेशलाई हेरी
हेर्ने बानि छैन हाम्रो फर्की पछि फेरी।।

फर्की जानु मन थियो स्वदेशमा आफ्नै,
देश बिगारे नेताले भन्छौ हामी सधै।
बुद्दि छैन हाम्रा नेता भन्दै हामी हिडछै,
हामी आफै हाम्रो बुद्धि बिदेशीलाई बेच्छौ।।

छैन बिकाश हाम्रो देशमा भन्दै हामी हिडछै,
पढी लेखि धन कमाई बिदेसमा नै बस्छौ।
मरे पछि लाश लानु आफ्नै देशमा भन्छौ,
लाश जलाउने ठाउ छैन भन्दै हामी हिड्छौ।।

जन्म भुमि आफ्नो हो नि सम्मान सिकौ,
जति कस्ट भयपनी त्यहि भूमिमा बिकौ।
सातै जुनी पायपनी आफ्नै देशलाई रोजौ,
दुख्ख मात्र छैन त्यहा हासो खुशी खोजौ।।