नेवारी समाज स्पेनको बनभोज कार्यक्रम बारे सूचना


आदरणिय स्पेनबासी नेवारी दाजुभाई तथा दिदिबहिनीहरु ,स्पेनमा बसोबास गर्दै आउने क्रममा हामीहरुको मौलिक एकता ,सामाजिक सेवाभाब,संस्कृतिको बिकासका लागी नेवारी समाज स्पेन एकबद्ध भएर लागिरहेको सर्ब बितितै छ ।

स्पेन जस्तो मुलुकमा बसोबास गर्ने क्रममा कार्य ब्यस्थता सबैमा हुनु स्वभाबिक नै हो । ब्यस्थताका बाबजुत पनी एक आपसमा सुख दुख: बाड्ने ,जाने बुझेका कुराहरु सिक्ने सिकाउने ,सक्दो सामाजिक सेवाभावमा जुट्ने ,हामी बीचको सस्कृती सस्कारलाई निरन्तरता दिनु र एकआपसमा निरन्तर सम्पर्कमा रहेर भेटघाट र मनोरन्जन गर्नु अपरिहार्य जस्तै बनेको छ ।

एक आपसमा भेटघाट,सामिप्यता,सेवाभाव, संस्कृतिको बिकास र समाजको सक्रियता बढाउने अभिप्रायले यस नेवारी समाज स्पेनको पहिलो स्थापना दिवसको अवसरमा स्पेनमा बसोबास गर्नुहुने सम्पूर्ण नेवारी दाजुभाई तथा दिदीबहिनीहरु बिच मैत्रीपूर्ण बनभोज (BBQ) कार्यक्रम आयोजना गर्न गैरहेको जानकारी गरॉउन चाहान्छौं । उक्त बनभोज कार्यक्रममा यहॉहरुको गरिमामय उपस्थितिका लागि स्पेनबासी नेवारीजनहरुमा हार्दिक निमन्त्रणा गर्दछौ |

कार्यक्रम स्थल : Trinitat Vella (Metro L1-Trinitat Vella sortida paseo Santa Coloma/paseo parc.)
मिति :- १० अगष्ट २०१५
समय: दिनको १बजे देखि
प्रबेश शुल्क : १० युरो
सम्पर्क : ६३२१९२०८०,६२२१७७१३६,६३११३९६३७,
आयोजक
नेवारी समाज स्पेन परिबार