कस्तो छ शेष घलेको युरोप भ्रमण तालिका ?


बार्सिलोना/
गैर आबासीय नेपाली संघका केन्द्रिय अध्यक्ष शेष घले युरोप भ्रमणमा आउँने भएका छन्। आगामी शुक्रबार देखि एक साता सम्म घलेले युरोपको भ्रमण गर्न लागेका हुन्।

गैर आबासीयहरु सँग छलफल गर्न एबम देशमा भूकम्प जाँदा आ-आफ्नो ठाँउबाट सहयोग जुटाएका गैर आबासीयहरुलाई आभार प्रकट गर्न घले युरोप आउँन लागेको बताईएको छ। अध्यक्ष घलेको भ्रमणले देश पुनर्निमाणमा लाग्न युरोपका गैरआबासीयहरुलाई एकजुट गराउँन ठुलो भूमिका खेल्ने अपेक्षा समेत गरिएको छ।

स्रोतका अनुसार अगष्ट ७ तारिक देखि १३ तारिक सम्म घलेले युरोपको भ्रमण गर्ने भएका छन्। आगामी शुक्रबार जर्मनीमा पुग्ने घलेले अगष्ट ९ तारिक हुने गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डको अधिबेशनलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ।

नेदरल्याण्डको अधिबेशन सकेपछि घले बेल्जियम र लक्जम्बर्ग पुगी गैर आबासीयहरु सँग छलफल गर्ने बताईएको छ। निकै ब्यस्त रहेको भ्रमण तालिका अनुसार अध्यक्ष घले स्बिजरल्याण्ड,फ्रान्स हुँदै अन्तिममा स्पेन आउँने भएका छन् ।

आगामी अक्टोबरमा हुने गैर आबासीय नेपाली संघको विश्व सम्मेलन नजिकिदै गर्दा घलेले युरोप भ्रमण गर्नुलाई अर्थ पूर्ण रुपमा हेरिएको छ।

अध्यक्ष घले आउँने भए पछि स्पेनमा गृह कार्य शुरु

आगामी अगष्ट १३ तारिक अध्यक्ष घले बार्सिलोना आउँने भए पछि स्पेनमा गृह कार्य शुरु भएको छ। राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले घलेको उपस्थितिमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने बताएका छन् । उनले नेपालीनेपाली डटकमलाई भने,”आगामी बिहिबार कार्यसमितिको बैठक राखेका छौ,सोहि बैठकले नै अन्तरक्रिया कार्यक्रम बारे निर्णय गर्ने छ।”

देशमा बिनाशकारी भूकम्प गए पछि स्पेनको नेपाली समुदायले उल्लेखेनिय सहयोग गरेको भन्दै घलेले यस अघि पनि आभार प्रकट गरेका थिएँ। सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाँचौ महिला सम्मेलनमा सहभागी हुन गत बर्ष जुनमा बार्सिलोना आएका घले एक बर्ष पछि पुन; स्पेन आउँन लागेका हुन्।

अध्यक्ष घले आउँने भएँ पछि उत्साहित बनेका स्पेनबासी नेपालीहरुले देश पुनर्निमाणमा एनआरएनले खेल्ने भूमिका बारे जिज्ञासा राख्ने भएका छन्।