एनआरएन नेदरल्यान्ड्सको अध्यक्षमा, हिमाल गुरुङ सर्बसम्मत,


नेदरल्यान्ड्स/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको पाँचौ अधिबेशनबाट बन्ने नयाँ कार्यसमिति सर्बसम्मत हुने भएको छ । आगामी कार्यकालको लागि आइसीसी सदस्यमा श्रीराम कंडेल,अध्यक्षमा हिमाल गुरुङ ,बरिष्ठ उपाध्यक्षमा केशबराज पाण्डे,उपाध्यक्षमा महेन्द्र सुबेदी र झलक जिसी सर्बसम्मत चयन भएका छन्।

यस्तै महासचिबमा अच्युत कट्टेल,सचिब प्रभात पौडेल,कोषाध्यक्ष घनश्याम सापकोटा,सह-कोषाध्यक्ष कुश बजगाई, युवा संयोजकमा अमित कार्की र महिला संयोजकमा सावित्री रिजाल सहित कार्यसमितिका सदस्यहरु निर्बिरोध हुने भएका हुन्। आगामी अगष्ट ९ तारिक हुने अधिबेशनले सर्बसम्मत बनेको कार्यसमितिलाई निर्बाचित भएको घोषणा गर्ने भएको छ।

नेदरल्यान्ड्स स्थित नेपाली समुदाय,संघसंस्था,एनआरएन नेदरल्यान्ड्स लगायत सबैको लामो छलफल,प्रयास र गृहकार्य पश्चात आगामी कार्यसमिति सर्बसम्मत भएको हो । अधिबेशनको लागि उम्मेदबारी दिने अन्तिम दिन जुलाई ३० सम्म केहि पदमा एक भन्दा बढी उम्मेद्वारी परेपनि अन्तिम समयमा सहमतिको लागि सबै पक्ष अधिकतम लचक हुदै आफ्नो उम्मेदवारी फिर्ता गरेपछि सहमतिको कार्यसमिति बन्ने पक्का भएको छ। नेदरल्यान्ड्सको एनआरएन ईतिहासमा सर्बसम्मत भएको यो पहिलो पटक हो ।