लुम्लेको ज्ञानोदय प्राबि पुनर्निमाणमा, फेसबुक अभियान


पोखरा/ अविरल वर्षापछि कास्कीमा गएको भिषण पहिरोले क्षतविक्षत बनाएको स्कुल पुनर्निमाणका लागि पोखरेली युवा सक्रिय भएका छन्।

लुम्ले स्थित ज्ञानोदय प्राथमिक बिद्यालयमा सिमेन्ट तथा जस्ता पाताका सहयोग जुटाउदै पुनर्निमाणमा जुट्न लागेकाहुन्। देशमा गएको बिनाशकारी भूकम्प पछि १३औ चरण सम्म राहत बितरण गरिसकेका पोखराका युवा समाज सेवी मोहनराज बरालले स्कुल पुर्निर्माणमा चासो देखाएका हुन्।

यस अघि जस्तै सामाजिक संजाल फेसवुक मार्फत राहत संकलन गरी पहिरो पिडित बस्तीमा पुग्न लागेको बरालले बताएँ।

यस अभियानमा पोखरा छोरेपाटन तितेपानी स्थायी घर भई हाल अमेरिका रहेका भिम थापाले १ लाख रुपैयाँ सहयोग गरेका छन् । सहयोग दाता थापाको पिता हरि बिक्रम थापा सहितको टोलि बिद्यालयमा पुगी पुनर्निमाण बारे निरिक्षण समेत गरेको थियो। थापाले यसअघि कास्की कृस्ति स्थित बक्रेक प्राथमिक बिद्यालयमा पुननिर्माणको लागी पनि ५५ हजार ५सय ५५ रुपैयाँ सहयोग गरेका थिएँ।

फेसबुकबाट सहयोग जुटाईरहेका युवा समाजसेबी बरालले बिश्वभर रहेका नेपालीहरुबाट सहयोग संकलन गर्दै प्रत्यक्ष पिडित समक्ष आँफै पुगी राहत बितरण गर्दै आएका छन्। भूकम्पको पिडा सेलाउन नपाउदै कास्कीमा पहिरोले ठुलो क्षति पुगे पछि सोहि क्षेत्रमा सहयोग केन्द्रित गरेको बरालले बताएका छन्।11749786_1122795471082069_1615900622_n