जनसम्पर्क समिति जर्मनीको सभापतिमा मोक्तान निर्बाचित


बर्लिन/ नेपाली जनसम्पर्क समिति जर्मनीको तेस्रो अधिबेशनबाट सभापतिमा विजय मोक्तान सर्वसम्मत निर्बाचित भएका छन् । समितिको बर्लिनमा सम्मन्न भएको अधिबेशनमा मोक्तानको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। नयाँ कार्यसमितिको उपसभापतिमा शंकर डांगी, बसन्त पाँडे, रिता दाहाल र गणेश ताल्चाभडेल निर्बाचित भएका छन्।

यस्तै महामन्त्रीमा महाकुमार श्रेष्ठ, सह—महामन्त्रीमा प्रेम कंडेल र नारायणलाल श्रेष्ठ तथा कोषाध्यक्षमा विनय गुरुङ ,सह—कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ चुनिएका छन्।
यस्तै अधिबेशनबाट कार्यसमिति सदस्यहरुमा दीपक लामा, सुनील लामा, मोहन गुरुङ, प्रकाश कार्की, सकुन्तला खनाल र हरी अर्याल निर्बाचित भएका छन्।

अधिबेशन उद्घाटन कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एबम् सभासद गगन थापाले नयाँ संविधान जारी गर्नु पहिले संघीय राज्यहरुको सीमांकन समेत टुंग्याउनुपर्नेमा जोड दिएका छन्।जनसम्पर्क विभाग संयोजक अर्जुन जोशीले समितिको भोट निर्णायक भएकाले कांग्रेसलाई नयाँ दिशा दिन प्रयोग गर्नु पर्ने बताए ।

कार्यक्रममा महाबाणिज्यदूत रामप्रताप थापा, कार्यवाहक राजदूत प्रकाशमणि पौडेल, नेपाली जनसम्पर्क समिति जर्मनीका संस्थापक अध्यक्ष दिलवहादुर गुरुङ, गैरआवासीय नेपाली संघका महासचिव कुमार पन्त, एनआरएन जर्मनीका पुष्प थापा, रणवहादुर विक, नवराज रोस्यारा, नेपाली कांग्रेस नेदरल्याण्ड जनसम्पर्क समितिका सल्लाहकार हरि पौडेल, जनसम्पर्क समिति बेल्जियमका महामन्त्री शालिक गौतम लगायतले बोलेका थिए। शरण केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

यसैबीच नव निर्वाचित सभापति मोक्तानले नेपालको भूकम्पपीडित २५ बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने भएका गरेका छन् । उनले छात्रवृत्तिको राशि पाँच लाख रुपैंया घोषणा गर्दै २५ बालबालिकाहरुलाई सहयोग पुर्याउने प्रतिबद्दता ब्यक्त गरेका हुन्।