‘स्क्यांडेनेभियन चाइल्ड हिरो’मा बालबालिकाहरु रमाए ।


बालबालिकाहरुका लागि एउटा अलग्गै कार्यक्रम ।

कोपनहेगन । कोपनहेगनमा स-साना बालबालिकाहरुको लागि विविध कार्यक्रम सम्पन्न भएको छ । स्क्यांडेनेभियन हेल्प नामक संस्थाले उक्त कार्यक्रमको आयोजना गरेको हो । संस्थाले प्रत्येक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ ।

Screen Shot 2015-07-27 at 16.37.47
तीन वर्ष देखि १२ वर्षसम्मका बालबालिकाहरुको लागि दौड, फुटबल, बल जम्मा गर्ने, बेलुन फुटाउने लगायत विविध खेलकुदका कार्यकमसहित आयोजित कार्यक्रममा विजयी सबै बालबालिकाहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

Screen Shot 2015-07-27 at 16.38.33
मौषमले धेरै साथ् नदिए पनि बालबालिका तथा अभिवावकहरु तथा आयोजक संस्थाका व्यक्तिहरुको सक्रियताका कारण कार्यक्रम निकै सफल रहेको थियो । करीब ८२ जना बालबालिकाहरु सहभागी भएको कार्यक्रममा बालबालिकाहरुको समुह विभाजन गरी संस्थाकी संयोजक शुशिला हमालले सक्रिय भूमिका निर्वाह गरेकी थिइन ।

Screen Shot 2015-07-27 at 16.40.13बालबालिकाहरुको मनोवल उच्च राख्न यस्तो कार्यक्रम आवश्यक रहेकोले संस्थाले प्रत्येक वर्षको जुलाई महिनाको अन्तिम आइतबार यस्तो कार्यक्रम गर्दै आएको संस्थाका कार्यक्रम संयोजक पुरुषोत्तम रंजितकारले बताए । उनले बताए अनुसार यो वर्ष धेरै बालबालिका सहभागी भएकोले संस्थाका सबै व्यक्तिहरुको लागि हौसला बढेको बताए ।

Screen Shot 2015-07-27 at 16.40.57
कार्यक्रममा हुने खेलकुदहरु नेपाली वातावरण सुहाउँदो किसिमका हुने भएकोले अभिवावकहरु पनि आफ्ना बालबालिकाहरुलाई सहभागी गराउनको लागि रुचि देखाउनु निकै राम्रो कुरा रहेको संस्थाका संयोजक दिपक रिजालले बताए ।

Screen Shot 2015-07-27 at 16.42.29
विजयी बालबालिकाहरुको लागि स्टप एन सप पसलका संचालक प्रविन प्रजापति, नमस्ते रेस्टुरेन्टका संचालक बबी क्षत्री,  बर्गर किङ्गका मेनेजर रमेश काफ्लेले पुरस्कारको प्रायोजन गरेका थिए ।  यसै गरी नेपाली भान्छाघर रेस्टुरेन्टका संचालक प्रकाश विस्टले बालबालिकाहरुको लागि निशुल्क रुपमा पानी, जुसको व्यवस्था गरेका थिए । सहभागी सबै बालबालिकाहरुका लागि बेक्स एण्ड केक्स बेकरीका संजिव गिरीले  केक को व्यवस्था गरेका थिए ।

Screen Shot 2015-07-27 at 16.43.00
कार्यक्रममा आयोजक संस्थाले सहभागी सबै बालबालिकाहरुलाई खाजा तथा गिफ्टको व्यवस्था गरेको थियो । कार्यक्रममा करीब १२ जना भन्दा बढी स्वयंसेवकहरु खटिएका थिए । संस्थाका संयोजकहरु प्रदिप श्रेष्ठ, राजेन्द्र प्रसाद तज्या, निरज राज बानाले सक्रिय भूमिका निभाएका थिए ।

Screen Shot 2015-07-27 at 16.44.13
स्वयंसेवकहरु प्रजिना थापा, शितल श्रेष्ठ, विवेक राना, रचिता गोर्खाली, श्रेया महर्जन, कुलराज सापकोटा, बिष्णु पौडेल  लगायतहरु कार्यक्रम सफल बनाउन सक्रिय पुर्वक लागेका थिए भने राजमान तामाङ्ग ले म्युजिक सम्बन्धी काममा सघाएका थिए भने उद्घोषणमा प्रभात किरणले निकै प्रभावकारी भूमिका निर्वाह हरेका थिए ।

Screen Shot 2015-07-27 at 16.34.28कार्यक्रममा तस्वीरहरु लिने कार्यमा नारायण नगरकोटीले सहयोग गरेका थिए । साउण्ड सिस्टमको लागि घनश्याम गौतमले सहयोग गरेका थिए । कार्यक्रममा सहयोग पुर्याउने स्वयंसेवकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Screen Shot 2015-07-27 at 16.49.09

तस्वीरहरु : नारायण नगरकोटी

तपाईको प्रतिक्रिया