एनआरएन स्पेनको चौथौ अधिबेशन सम्पन्न,


बार्सिलोना/गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको चौथो अधिबेशन आईतबार बार्सिलोनामा सम्पन्न भएको छ।आगामी २ बर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै अधिबेशन सम्पन्न भएको हो।

गैर आबासीय नेपाली संघका केन्द्रिय महासचिब कुमार पन्तले उद्घाटन समारोहमा बोल्दै नयाँ कार्य समितिलाई शुभकामाना ब्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पन्तले भने,”आज गैर आबासीयहरुको चारै तिर बाट प्रशंसा भएको छ भने, स्पेन जस्तै राष्ट्रिय समन्वय परिषदहरुको मेहेनत,काम र परिश्रमले सम्भव भएको हो त्यसैले यसको सच्चा भागिदार तपाईहरु हुनुहुन्छ।”

कार्यक्रमका बिशेष अतिथिको रुपमा बोल्दै युरोप संयोजक अर्जुन कुमार श्रेष्ठले एनआरएनए स्पेनको चौथौ कार्यकाल पनि सहमतिमा नै चुनिएकोमा प्रशंसनीय रहेको बताउदै शुभकामाना दिए । गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार पुष्प राज तिमिल्सिना,अन्तराष्ट्रिय समन्वय परिषद सदस्य दीपक खरेलले नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना ब्यक्त गरे।

स्पेनबाट भूकम्प पिडितहरुको लागि उठेको रकम नेपाल पठाईसकिएको भए पनि त्यो रकम बराबरको कागाजी चेक हस्तान्तरण गरिएको थियो। महासचिब पन्त र युरोप संयोजक श्रेष्ठलाई १ लाख ३ हजार ४ सय २६ युरो बराबरको चेक हस्तान्तरण गरिएको हो। स्पेनका लागि नेपाली अबैतानिक बाणिज्य दूत लुईस बेल्बिस र राहत संकलन समितिका संयोजक एकराज गिरीले संयुक्त रुपमा चेक प्रदान गरेका हुन्।

एनआरएनको सम्पर्क कार्यालय खोल्छु- नव निर्बाचित अध्यक्ष

गैर आबासीय नेपाली संघ स्पेनका नब निर्बाचित अध्यक्ष मुक्त बहादुर गुरुङले आँफुले पहिलो कदमको रुपमा एनआरएन स्पेनको सम्पर्क कार्यलय खोल्ने सार्बजनिक घोषणा गरेका छन्।

पहिलेको कार्य समितिले गदै आएका कामहरुलाई यसरी नै निरन्तरता दिदै, तत्कालका लागि भने कार्यलय खोलेर काम अघि बढाउँने प्रतिबद्दता गुरुङले ब्यक्त गरेका हुन्। उनले आफ्नो कार्यकालमा पंजीकृत सदस्यता बितरणलाई समेत तिब्रता दिने पनि बताएको छन्।

संघका निर्बमान अध्यक्ष एबम् प्रस्तावित आईसीसी सदस्य एक राज गिरीले आफ्नो कार्यकालमा साथ दिने,संघ सस्थाहरु लगायत स्पेनको नेपाली समुदाय प्रति कृतज्ञता ब्यक्त गरेका छन्।

कस्तो छ नयाँ कार्य समिति

यस अघि निर्बिरोध बनेको नयाँ कार्य समितिलाई अधिबेशनबाट निर्बाचित भएको घोषणा गरिएको छ। निर्बाचन समितिका संयोजक अर्जुन आचार्यले घोषणा गरेका हुन्।

आईसीसी सदस्यमा एक राज गिरी, एनआरएन स्पेनको अध्यक्षमा मुक्त बहादुर गुरुङ, उपाध्यक्षमा गौतम गुरुङ, राजु शमशेर थापा र जानुका रेग्मी, महासचिब उमेश प्रसाद अधिकारी ,सचिवमा सुनिल रानाभाट,कृष्ण प्रसाद भुसाल र राम कृष्ण पुडासैनी, कोषाध्यक्ष पेशल कोईराला,महिला संयोजक सीता सिंह महर्जन र युवा संयोजक दीपक क्षेत्री सहितको नयाँ कार्यसमिति बनेको छ।

यस्तै सदस्यहरु तुलसी प्रसाद शिवाकोटी,चित्त रन्जन वस्ती,दिलनाथ भण्डारी,उमाराज ढकाल,निल बहादुर गुरुङ,अशोक शर्मा नेपाल,कमल बहादुर भण्डारी,सुमित्रा घिमिरे सापकोटा र कालु जिरेल निर्बाचित भएका छन्।

संघको बिधान संशोधन

अधिबेशनबाट संघको बिधान संशोधन गर्दै एक उपाध्यक्ष ( महिला) थप गर्दै जानुका रेग्मीलाई निर्बाचित गरिएको छ। नयाँ प्राबधान सँगै, रेग्मी स्पेनको ईतिहासमा नै पहिलो पटक महिला उपाध्यक्ष बनेकी छन्।

यस्तै क्षेत्रीय समितिका प्रतिनिधिहरुलाई पनि सचिबमा राख्ने ब्यबस्था गर्दै ग्रान क्यानारिया क्षेत्रीय समितिबाट भुसाल र मड्रिडबाट पुडासैनी सचिबमा आएका छन्। बिधान संशोधनका लागि छलफल नभएको र प्रक्रिया नमिलेको भन्दै कतिपयले अधिबेशन स्थलमा नै बिरोध गरेका थिए।

संघका अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न संघको चौथो अधिबेशनमा कोषाध्यक्ष हेमन्त रानाभाटले आर्थिक र महासचिब सन्दिप मोहोन भट्टराईले सांगठानिक प्रतिबेदन पेश गरेका थिए।

युवा संयोजक लक्ष्मण शर्मा र महिला संयोजक शितल भुर्तेल भुसालले पनि आफ्ना गतिबिधिहरुलाई समेटेर प्रतिबेदन पेश गरे। स्पेन स्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले कार्यक्रममा बोल्दै आ- आफ्ना धाराणा ब्यक्त गरे।

तपाईको प्रतिक्रिया