भूकम्प पिडित सहयोगार्थ, बेल्जियमका महिलाहरुको सक्रियता


बेल्जियम/ भुकम्प पीडित महिलाहरुको सहयोगको लागि एनआरएन बेल्जियम महिला समिति द्वारा च्यारिटीएवल बारबिक्यू कार्यक्रम सम्पन्न भएको छ ।लुभेन केसेलेको कासाब्लान्का पार्कमा गत आईतबार सम्पन्न कार्यक्रम नेपालका भूकम्प पिडित महिलाहरुको सहयोगार्थ आयोजना गरिएको हो।

कार्यक्रमा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद, महिला संयोजक सपिला राजभण्डारी, बिशेष अथिति बेल्जियम नेपाली कन्सुलर रोजर दी ग्रुन, अथितिको रुपमा महिला उपसंयोजक रजनी प्रधान, यूरोप संयोजक अर्जुन कुमार श्रेष्ठ, एनआरएनए बेल्जियमका अध्यक्ष प्रेम गुरुङ आई सी सी द्वय जानकी गुरुङ, शिवकुमार बरुवाल, सल्लाहकार सीता सापकोटा, सीपी भट्ट लगाए बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उल्लेखेनिय रुपमा उपस्थिति रहेको थियो ।

औपचारीकबाट शुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि भण्डारीले अझै भूकम्प पिडित महिला तथा बालबालिका धेरै जोखिममा रहेकोले उनीहरुको लागि सहयोग जुटाउनु अपरिहार्य रहेको बताईन्।

unnamed-2एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले बेल्जियमका बिभिन्न संघ-सस्था तथा नेपालीहरु बाट संकलित रकम नेपालका भूकम्प पिडित लाई संकलन गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिदै, महिला समितिले आयोजना गरेको कार्यक्रममा एनआरएन बेल्जियमले सहकार्य गर्दै आएको, सदैब यसरी नै हातेमालो गर्ने बताए ।

महिला संयोजक यसोदा थापाले संचालन गरेको छोटो औपचारिक कार्यक्रममा गत महिना एनआरएन स्वीस द्वारा आयोजना गरिएको यूरोप स्तरीय फूटबल प्रतियोगितामा प्रथम हुन सफल भएको चहलपहल यूवा समुहलाई बिशेष सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थितहरुले बारबिक्यूबाट भरपुर आनन्द लिएका थिए ।