एन आर एन को सदस्यता अनलाइन मार्फत पनि बन्न सकिने ।


कोपनहेगन । एन आर एन डेनमार्कले डेनमार्कमा बस्ने नेपालीहरुको लागि सदस्यता आव्हान गरेको एक महिना भै सकेको छ । प्रत्येक दुइ दुइ वर्षमा हुने अधिवेशनको लागि सदस्यता आव्हान गरिएको र संस्थाको विधान अनुसार प्रत्येक दुइ दुइ वर्षमा नयाँ सदस्य लिने र पहिल्यै बनेका साधारण सदस्यताको नवीकरण गर्नुपर्ने प्रावधान अनुरुप सदस्यता लिनको लागि आव्हान गरिएको हो ।

यो पटक पहिले जस्तो फारम भरेर बुझाउनु नपर्ने र सोझै अनलाइन मार्फत फारम भरेर बुझाउन सकिने प्रावधान रहेको छ ।तर अनलाईन सदस्यता फारम भर्दा उल्लेख गरेको राहदानी नं, नाम र जन्म मिती राहदानी अनुसार मेलखाने गरी उल्लेख गरेको हुनुपर्ने छ ।

सदस्यता भर्ने अन्तिम मिती ३१जुलाई २०१५ सम्म रहेको छ र यसपटक अनलाईन सदस्यता लिन पाईने व्यवस्था गरिएको एन आर एन डेनमार्कका महासचीव विरेन्द्र सिंह कार्कीले बताए । साथै सदस्यता बने वापत १५० डेनिस क्रोनर शुल्क गैरअावासीय नेपाली संघ, डेनमार्कको खातामा जम्मा गर्न पनि सकिनेछ । खाताको विवरण तर लिंकमा रहेको अनलाइन फारममा रहेको छ ।

आगामी अगस्टको २४ मा अधिवेशन भएको ठिक दुइ वर्ष पुग्नेछ र सोहि अनुरुप अधिवेशन गर्न लागिएको एन आर एन डेनमार्कका अध्यक्ष दिपक सापकोटाले बताए । विधी र विधान अनुसार चल्ने संस्था भएकोले अधिवेशन सारेर समय लम्ब्याउनुको कुनै अर्थ नहुने उनले बताए ।

यो पटक सदस्यता वितरण गर्दा हालै मात्र हेरफेर भएको केन्द्रिय विधानलाई पूर्ण जिम्मेवारका साथ् पालना गर्ने उद्धेश्य अनुरुप गैरअावासीय नेपाली संघको केन्द्रिय विधान २००३ (२०१३ को संसोधन सहित) को परिच्छेद ४ को धारा ७ उपधारा १ बमोजिम योग्यता पुगेको हुनुपर्नेछ । जस अनुसार दुई वर्ष भन्दा बढी अर्थात डेनमार्कको हकमा  डेनमार्क वसाई अवधि २ वर्ष पुरा भएको हुनुपर्नेछ । नै युरोपको अन्य देशबाट दुइ वर्ष पुरा गरि डेनमार्कमा आएको खण्डमा पनि सदस्यता लिन पाइनेछ ।

अनलाईन सदस्यता फारम भर्नको लागि निम्न लिङ्कमा गएर सबै विवरण भरेर पठाउन सकिनेछ । फारम भरेर पठाईसके पछि स्वत: संस्थाले पाउने र अरु केहि गर्नु नपर्ने बताईएको छ ।

सदस्यता फारम भर्ना यहाँ क्लिक गर्नु होस्

तपाईको प्रतिक्रिया