कोपनहेगनमा नेपाली बालबालिकाको लागि कार्यक्रम हुँदै ।


कोपनहेगन । कोपनहेगनमा युवा, युवती तथा खेलाडीहरुको लागि मात्र कार्यक्रम होईन, अब छिट्टै यहि हप्ताको अन्त्य  तिर स-साना बालबालिकाहरुको लागि पनि कार्यक्रम हुँदै छ ,त्यो पनि विविध कार्यक्रम सहित खुला चौरमा ।

‘स्क्यान्ड़ेनेभियन चाइल्ड हेरो’ नाम दिइएको सो कार्यक्रम यहि जुलाई २६ गते आइतबार फेल्लोपार्कनको चौरमा आयोजना हुँदै छ । उक्त वृहत कार्यक्रम ‘स्क्यान्ड़ेनेभियन हेल्प’ नामक संस्थाले आयोजना गर्न लागेको हो ।

स-साना बालबालिकाहरुले भाग लिने उक्त कार्यक्रममा दौड प्रतियोगीता लगायतका बालबालिकाका लागि उपयुक्त खेलहरु खेलाइने बताइएको छ ।

हाल सम्म करीब ५६ जना बालबालिकाले भाग लिने गरी दर्ता भएका छन । दर्ता हुने क्रम अझै जारी रहेको जानकारी आयोजक संस्थाले दिएको छ । कार्यक्रम बाबुनानीहरुको उमेर अनुसार ३ देखि १२ वर्षसम्मका हरुको लागि हुनेछ ।

Screen Shot 2015-07-20 at 14.11.30

३ देखि १२ वर्षसम्मका बालबालिकाहरुको उमेर समूह छुट्याएर विभिन्न खेलहरु खेलाइने छ । बालबालिकाहरुले विदेशमा बसे पनि नेपाली संस्कृति अनुसारका खेलहरु नभुलुन भनेर नेपाली खेलहरु खेलाइने भएको कार्यक्रमको संयोजन गरिरहेका मध्य एक दिपक रिजालले बताए ।

Screen Shot 2015-07-20 at 14.13.21
यो वर्षको कार्यक्रम अझै उत्साह वर्धक हुने देखिएको छ । अभिवावकहरुको रुचि निकै देखिएकोले यस पटक अघिल्लो वर्षहरु भन्दा धेरै बालबालिका हरु सहभागी हुँदै छन् । बालबालिकाहरुको लागि मात्र नभई अभिवावकहरुको लागि पनि उत्तिकै महत्वपूर्ण रहने देखिन्छ ।

Screen Shot 2015-07-20 at 14.12.21स्क्यान्ड़ेनेभियन हेल्प संस्था नेपालमा गरीब तथा पिछडीएका बालबालिकाहरुको पढाइमा सहयोग गर्दै आएको संस्था हो । डेनमार्कमा प्रत्येक वर्ष नेपाली बालबालिकाहरुको लागि छुट्टै कार्यक्रम गर्दै आइरहेको छ ।

तस्वीर स्रोत: स्क्यान्ड़ेनेभियन हेल्प को फेसबुक पेज ।