भट्टराईको उमेद्वारी फिर्ता,सापकोटा भन्छन् म निर्बाचन प्रक्रियामा छैन


बार्सिलोना/
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको आगामी नयाँ नेतृत्वका लागि उपाध्यक्ष पदका लागि उमेद्वारी दिएका सन्दिप मोहोन भट्टराईले आँफुले उमेद्वारी फिर्ता लिई सकेको जनाएका छन्।

भट्टराईले निर्वाचन समितिले तोकेको समयमा नै निबेदन पेश गरि उमेद्वारी फिर्ता लिएको बताएका हुन्। तर यस अघि निवार्चन समितिले प्रकाशित गरेको अन्तिम नामावलीमा उपाध्यक्ष पदमा भट्टराईको नाम पनि उल्लेख गरिएको थियो।

उपाध्यक्षका प्रत्यासी भट्टराईले उमेद्वारी फिर्ता समयावधिमा दिएको पत्रमा, फिर्ता बारे प्रष्ट बिबरण खुल्न नगएकोले पत्राचार गरि पुन: प्रष्टिकरण मागेको समितिले जनाएको छ । प्रष्टिकरणमा आफ्नो उमेद्वारी फिर्ता गरि पाउन भनी बिबरण खुलाई अनुरोध गरे पछि निर्बाचन समितिको बैठकले उमेद्वारी फिर्तालाई सदर गरेको निवार्चन समितिका संयोजक अर्जुन आचार्यले जानकारी दिएका छन्।

बर्तमान कार्य समितिका महासचिब समेत रहेका भट्टराईले आँफुले उमेद्वारी फिर्ता गरेको लामो समय सम्म सर्बसाधारणलाई जानकारी नभए पछि नेपालीनेपाली डटकमलाई सम्पर्क गरेका थिए। अब बाँकी उपाध्यक्ष पदका उमेद्वारहरु पुरुषोत्तम भट्टराई,यज्ञ नारायण पौडेल (रमेश आशिकी) ,गौतम गुरुङ र राजु शमशेर थापा रहेका छन्।

यस अघि नेपाली जनसम्पर्क समितिको तर्फबाट उमेद्वारी दिएका तिन जनाले संयुक्त हस्ताक्षर सहित सामाजिक संजाल फेसबुकबाट आफ्नो उमेद्वारी फिर्ता भएको जनाएका थिए।तर संगठन नेतृत्वले भने उमेद्वारी फिर्ता नगरी एनआरएन कार्यसमितिमा ल्याउने प्रयास गरेको थियो।

उपाध्यक्ष पदका उमेद्वार भट्टराई,महासचिब पदका उमेश प्रसाद अधिकारी र सचिव पदका रामप्रसाद सापकोटा ‘बिराजले’ सहमति र सहकार्यको बाधक बन्न सक्दैनौ भन्दै सार्बजनिक अपिल सहित उमेद्वारी फिर्ता लिने घोषणा गरेका थिए।

चुनाबी प्रकियामा छैन – सापकोटा

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको चोथौ अधिबेशनबाट बन्ने नयाँ कार्यसमितिको सचिब पदका उमेद्वार रामप्रसाद सापकोटा ‘बिराजले आँफु निर्बाचन प्रकियामा नै नरहेको जनाएका छन्। सामाजिक संजाल मार्फत अपिल जारी गर्दै सापकोटाले चुनाबी प्रकृयावाट आफ्नो नाम हटाउन निबेदन गरिसकेको र उमेद्वारी फिर्ताको पुर्ब अडान कायम नै रहेको स्पष्ट पारेका छन्।

सापकोटाले लेखेका छन्, “उमेद्वारी फिर्ताको लागि निर्बाचन समितिलाई दिएको निबेदन पत्र जन सम्पर्क समितिको टेबुलमा बुझाएको र समितको नेतृत्वले फिर्ता प्रक्रियामा नियमसंगत पहल नगरीदिदा निर्बाचन प्रक्रियामा आफ्नो नाम आउँन पुगेको स्पष्ट गर्न चाहान्छु।”

तर सापकोटाको पछिल्लो अभिव्यक्ति पछि यो समाचार तयार पार्दा सम्म निर्बाचन समितिको कुनै आधिकारिक धारणा सार्बजनिक भएको छैन। सचिव पदका अर्का स्वतन्त्र उमेद्वार सुनिल रानाभाट रहेका छन्। सहमतिको नाममा एनआरएनमा भागबण्डा प्रथा बढेको भन्दै त्यसको विरुद्ध आँफुले उमेद्वार दिएको रानाभाटले बताउदै आएका छन्।

यसअघि एनआरएन स्पेनको अध्यक्षमा मुक्त बहादुर गुरुङ आईसीसी सदस्यमा एक राज गिरी,महासचिब उमेश अधिकारी,कोषाध्यक्ष पेशल कोईराला,महिला संयोजक सीता सिंह महर्जन,युवा संयोजकमा दीपक क्षेत्री र नौ जना कार्य समितिका सदस्यहरु निर्बिरोध चुनिएका छन्। तर उपाध्यक्ष र सचिब पदमा भने निर्बाचन प्रकियाबाट टुङ्गो लाग्ने भएको छ।