गैरआवासीयलाई राजनीतिक अधिकार बिहिन नागरिकता दिने मस्यौदा तयार


काठमाडौं / गैरआवासीय नेपालीहरुले नयाँ संविधान बनेपछि ‘गैरआवासीय नेपाली नागरिकता’ पाउने संबिधानको मस्यौदा तयार भएको छ।

राजनीतिक अधिकारविहीन यस्तो नागरिकता दिने प्रावधानसहित मस्यौदा तयार भएको हो। नयाँ संविधानको मस्यौदा अनुसार गैरआवासीय नेपालीहरुले नेपाली नागरिकताको प्रमाण पत्र नै पाउनेछन् । तर, त्यस्तो नागरिकताले आर्थिक, समाजिक र सांस्कृतिक अधिकार मात्र पाइनेछ ।

संविधान मस्यौदा समितिले आइतबारको वैठकले नयाँ संविधानको एकीकृत मस्यौदा पारित गरेको छ ।संविधानको एकीकृत मस्यौदाको धारा १९ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरेको सार्क भन्दा बाहिरका देशमा बसोबास गरेका नेपाली मुलको व्यक्तिलाई कानून बमोजिम आर्थिक सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिनेछ भनी उल्लेख गरिएको छ।

मस्यौदामा नागरिकता दिने भनी उल्लेख गरिएकोमा गैर आबासीयहरु खुशी भए पनि संबिधान नबने सम्म ढुक्क हुने अवस्था भने छैन।