अमेरिकामा बसको ठक्करबाट बाग्लुङकी इन्द्रकुमारी सुवेदीको मृत्यु


टेक्सास / अमेरिकाको टेक्सास हृयुस्टनस्थित चिम्नी रकमा मोटर दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ ।

बेलुका पख घुम्न निस्केको बेला बस स्टेसनमा बसको ठक्करबाट बाग्लुङकी इन्द्रकुमारी सुवेदीको मृत्यु भएको हो । बसको ठक्करबाट अन्य दुई नेपाली घाइते छन् ।

घाईते दुई नेपालीको नजिकैको अस्पतालमा उपचार भैरहेको छ । घाइते दुई नेपाली दुई महिनाअघि मात्रै परिवार भेट्न र घुम्नका लागि अमेरिका आएका थिए ।

हृयुस्टनका स्थानीय प्रहरीले घटनामा संलग्न ड्राइभरलाई नियन्त्रणमा लिई छानबिन गरिरहेको प्रहरी अधिकारीहरुले जनाएका छन् । चालकको लापर्वाहीको कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।