नेपाली जन-प्रगतिशिल मंच स्पेनको बिशेष अपिल


बिशेष अपिल

“शोकलाइ शक्तिमा बदल्दै नव निर्माणका निमित्त अघि सरौं ।
नेपाली जन-प्रगतिशील मञ्च स्पेनको एकताको प्रथम अधिबेशन सफल पारौं।।”

हाम्रो यस नेपाली जन-प्रगतिशील मंच स्पेन बिगत २००८ सालमा स्थापना भएर नेपाली दाजुभाई तथा दिदि,बहिनिहरुसंग सुख-दुखमा हातेमालो गर्दै नेपाली श्रमजीबीहरुको हक हितको लागि सदैब संघर्ष गरिरहेको यथार्थ सम्पूर्ण जनसमुदायमा बिधितै छ ।

समुन्नत र सम्बृद जीवन र भविष्यको खोजीमा बिदेशी भूमिमा रहेर पनि सर्बहाराबर्ग मुक्ति र समाज परिबर्तनका लागि आफ्नो श्रम खर्चिरहेका सम्पूर्ण प्रगतिशील विचारकहरुको एउटा चौतारी नेपाली जनप्रगतिशील मंचको छोटो परिचय हो भन्नुमा अंति संयुक्ति नहोला । भू-मण्डलको कुनै पनि कुनामा भएपनि हरेक नेपालीहरु आफ्नो देशको गौरबलाई आत्मसाथ गर्छन र समुन्नत राष्ट्र निर्माणमा आफ्ना पाइलाहरु अग्रसर गराऊछन त्यो नै राष्ट्र प्रेम हो र राष्ट्रियता हो ।

अहिले हाम्रो देश प्रकृतिको एक निर्दयी र क्रुर कटाक्षबाट विक्षिप्त भएर गुज्रिरहेको छ । विनासकारी भूकम्पमा परी ज्यान गुमाउनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनिहरुमा हार्दिक श्रदासुमन अर्पण गर्दछौ साथै विक्षिप्त परिवारजनहरुमा सहानुभूति प्रकट गर्दछौ । हाम्रो सानो सहयोगले घाइतेहरुको मलम बनाउने कोसिस गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ र यस विषम परिस्थितिलाई उचित स्थानान्तरणकालागि सहयोग गर्नुहुने सम्पूर्ण देश विदेशमा रहनुहुने नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा अभिबादन ब्यक्त गर्न चाहन्छौ ।

आज पनि देशले हामी सबैसंग अझै ठुलो आशा गरेको छ, पुनर्निर्माण र पुनस्थापनाका लागि हाम्रा कर्मशील हातहरु अझ खियाउनु पर्ने समय आयको छ, लुटिएको देशको सौदार्यता फेरी सजाउनु छ, अनि सभ्य र समानतामुलक समाज पुनर्निर्माण गर्नु छ, यस महानअभियानमा सहयोग गर्न नेपाली जन प्रगतिशील मंच स्पेन सम्पूर्ण देशी बिदेशी सहयोग दाताहरुलाई हार्दिक अनुरोध गर्दछ र हरेक नेपालीलाई आफ्नो कर्तब्यपथमा दुई/चार थोपा पसिना अझ बढी चुहाउन आग्रह गर्दछ ।

हरेक बिहानीले एउटा सुनौलो आशा र नयाँ किरण प्रदान गरेको हुन्छ । सुर्योदयका किरणसंगै सम्पूर्ण श्रमजीबी पाइलाहरुले गति लिन्छन एक नयाँ अवसर, नयाँ काम, नयाँ र सुनौलो भबिष्यका लागि र फेरी एकताको मालामा गाँसिएर घाऊमा मलम लगाउने गर्छन, यहि नै हामी नेपालीहरुको गौरबपूर्ण इतिहास हो र वर्तमानको आबस्यकता पनि यहि हो । समयको तिरंगामा आफ्नो दुर्बलतालाई पनि एक अवसरको रुपमा ग्रहण गरेर देश र समाजको पुनर्निर्माणका निम्ति एक बिशाल प्रगतिशील उर्जा निर्माण गर्नका निम्ति नेपाली जनप्रगतिशील मंच स्पेनले यहि मिति २८ जुन २०१५ का दिन आफ्नो प्रथम एकताको अधिबेशन गर्न गैरहेको कुरा जानकारी गराउन चाहन्छौ ।

शोकलाई शक्तिमा परिबर्तन गर्दै र लामो स्तब्धता लाई चिर्दै केहि सास्कृतिक कार्यक्रम र खानपिन सहित एक आपसमा सौहार्दता र सामिप्यता बढाउने उदेश्यले आयोजना गरिएको यस महाधिबेशनमा सम्पूर्ण स्पेनबासि नेपाली आमाबुवा,दाजुभाई, तथा दिदिबहिनिहरुको गरिमामयी उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

स्थान : Besos Mar ( calle Josep Pla ,40 08019 Barcelona )
समय : २८ जुन आइतबार ठिक १७:०० बजे
मेट्रो : L 4 (El Maresme / Fòrum ) near from diagonal mar
सूचना तथा अन्य सम्पर्कका लागि :-
गोपाल रेग्मी-६८८२७६३०३
गंगा प्रसाद भुसाल-६१७७२५००५

ईश्वर शर्मा
संयोजक
महाधिबेशन मूल आयोजक समिति
नेपाली जनप्रगतिसिल मंच (स्पेन )