फिनल्याण्डबासी नेपालीहरुले क्रिकेट खेलेर सहयोग जुटाए


– श्रवण खनाल/ हेल्सिन्की । फिनल्याण्डबासी नेपालीहरुले भूकम्प पीडितहरूको सहयोगार्थ एक दिने क्रिकेट प्रतियोगिताको आयोजना गरेका छन् ।

सिन्धुपाल्चोकको हरेक गाविसमा कम्तीमा एउटा टहरा निर्माण गर्ने योजना अनुसार खेल अयोजना गरेका थिए । कुनै पनि संघसंस्थाबिना स्वतःस्फूर्त फिनल्याण्डबाशी नेपालीहरुले अभियान सञ्चालन गरेका हुन् ।

देश बिपत्तीमा परेको बेला “हामी नेपाली” नाराका साथ स्वतःस्फूर्त रुपमा उत्रिएको नेपाली समुहहरुले खेल खेलेर हेल्प नेपाल नेटवर्कमार्फत सिन्धुपाल्चोक जिल्लाको कुनै एक गाबिसमा घर टहरा निर्माण गर्न सहयोग गर्ने जनाएको छ ।

जुन १३ तारिखमा हेल्सिन्कीको हेर्त्तोनिएमीमा सम्पन्न उक्त प्रतियोगितामा फिन्ल्याण्डका बिभिन्न शहरबाट आठ समुहहरु सहभागी थिए। दुईवटा मैदानमा बाँडिएर खेल्दा एकै दिनमा सम्पूर्ण चरण पार गर्दै फाईनल खेल सम्पन्न हुँदा मध्यरात भएको थियो।

unnamed-33

फाईनल खेलमा फ्रेन्डस युनाईटेड क्लब प्रथम र नेपाल हेल्सिन्की क्रिकेट क्लब दोस्रो भएका थिए। भूकम्पबाट प्रभावित जिल्ला सिन्धुपाल्चोकको कुनै एउटा अति प्रभावित गाँउ छनौट गरेर घर टहरा बनाउन सहयोग गर्ने उद्देश्यले आयोजित उक्त क्रिकेट खेलको समयमा बिबिध तरिकाले रकम सँकलन गरिएको थियो।

एक जना स्वयमसेवकले आफु एबम् अन्य इच्छुक सहयोगीमार्फत कम्तिमा एक सय यूरो सँकलन गर्नेलाई परोपकारी सँस्था हेल्प नेपाल नेटवर्कले प्रमाणपत्र प्रदान गरेको थियो।
उक्त अभियान अन्तर्गत १९ जना स्वयमसेवकले दुर्इ यूरो भन्दा बढि जम्मा गर्न सफल भएका छन् ।

unnamed-34

त्यसैगरी क्रिकेट खेल चलुन्जेल चिया तथा खाजा बिक्री गरेर झन्डै एक हजार यूरो सँकलन गरिएको थियो। क्रिकेट आयोजनाका निम्ती लाग्ने सम्पूर्ण खर्च तथा पदक एबम प्रमाणपत्रका लागि आवस्यक रकम भने सहभागी टिमहरुबाट उठाइएको थियो।
प्रतियोगितालाई बिभिन्न रेस्टुराँहरुले स्पोन्सोर समेत गरेका थिए। यसरी स्पोन्सोर मार्फत उठेको झण्डै २३ सय यूरो , खाजा मार्फत उठेको एक हजार यूरो र स्वयमसेवक मार्फत उठेको दुर्इ हजार गरी करिब ५ हजार ५ सय यूरो यथासिघ्र नेपाल पठाइने उनीहरूले जनाएका छन् ।

भूकम्प गए लगत्तै फिन्ल्याण्ड्बासीहरुले बिभिन्न सँस्था मार्फत झण्डै ५० हजार यूरो सामुहिक रुपमा सँकलन गरेका थिए भने झन्डै दुर्इ जति स्वयमसेवकहरुले फिनिस रेड्क्रस मार्फत ठूलो सहयोग रकम जम्मा गरेका थिए।