मिस एसएलसी पोखराको उपाधि दिप्सनालाई


– सन्देश श्रेष्ठ
पोखरा । पोखरामा शुक्रबार सम्पन्न मिस एसएलसी पोखरा-२०१५ को उपाधि दिप्सना खड्काले जितेकी छिन् । ईभेण्ट्स फर यु ले पोखरामा गरेको प्रतिष्पर्धामा १५ जना प्रतिष्पर्धीलाई पछि पार्दै दिप्सनाले मिस एसएलसी-२०१५ को ताज जितेकी हुन् ।

थप चार टाइटल पनि जितेकी उनले नगद २५ हजार र डेढ लाख रुपैयाँ बराबरको छात्रवृत्ति पनि प्राप्त गरिन् । मदरल्याण्ड उच्च मावि पोखरामा दश जोड दुईका कक्षाहरुमा छात्रवृत्ति स्वरुप निःशुल्क अध्ययन गर्ने अवसर प्राप्त गरेकी उनले मिस क्वाटवाक, मिस भ्यूअर्स च्वाईस, मिस पंचुअल र हेल्दी हेयरको टाइटल समेत जितेकी हुन् ।

त्यस्तै, प्रतिक्षा राना फष्ट रनर-अप र श्वेता रानाभाट सेकेण्ड रनर-अप भइन् । मिस फोटोजेनिक टाइटल समेत जितेकी फष्ट रनर-अप रानाले नगद १५ हजार र सेकेण्ड रनर-अप भएकी रानाभाटले नगद १० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
यसैगरी, पि्रया रञ्जितले मिस ट्यालेन्ट, शिल्पा थापाले मिस पपुलारिटी र डिसिप्लिनको टाइटल जिते ।

कार्यक्रममा आयोजक संस्था ईभेन्ट्स फर युका अध्यक्ष बिशाल गुरुङले स्कुले वालवालिकाहरुको प्रतिभा प्रष्फुटन गर्दै व्यक्तित्व र नेतृत्व विकास गर्न कार्यक्रम आयोजना गरेको बताए ।

कार्यक्रम संयोजक सुशील नेपालीले भुकम्प बिर्सेर पुनः पुरानै जीवन शैलीमा र्फकनका लागि कार्यक्रमले सघाओस् भन्ने उद्धेश्यले कार्यक्रम जेठमै गर्नुपरेको स्पष्ट पारे ।