भूकम्पमा आँफु मरेर पनि साढे २ बर्षकि नातिनीलाई बचाईन् ( आँफन्त सँगको कुराकानी )


बार्सिलोना/
स्याउले गाबिस -९ भेडाबारे सिन्धुपाल्चोक स्थायी घर भई एक दशक देखि स्पेनमा बसोबास गर्दै आएका ३० बर्षिय अशोक नेपाल भूकम्प गएको केहि दिनमा नै घर फर्किए। बैशाख १२ गतेको बिनाशकारी महाभूकम्पबाट उनको घरमात्र हैन गाउँ लगायत पुरा जिल्ला नै नराम्रो सँग प्रभावित भयो। करिब १ हप्ता सम्म परिबार सँग सम्पर्क बिहिन हुँदा उनको मनमा सयौ रेक्टर स्केलका भूकम्पहरु गई रहे।

घरमा पछि सम्पर्क हुँदा बुबा आमा भाईहरु सकुशल रहेको खबर मिले पनि ४२ बर्षिय आफ्नी काकी र मामालाई गुमाएँको खबर पाएँ। उनले आफ्नै घर पछाडी कि २० बर्षिय छिमेकी बहिनी अनिता

तस्बिरमा स्याउले गाबिस -९ भेडाबारे पहिले र अहिले

भण्डारीलाईपनि गुमाउँन पुगे। भूकम्प गए पछि बार्तलीबाट भाग्दै भाग्दै आँगनमा आईपुगेकी अनिता आखिर,आफ्नै परिबारका सदस्यहरुको आँखा अगाडी आफ्नै घरले पुरिएर मरिन्।

भूकम्प पछि १ महिना गाउँ बसेर पुन: स्पेन फर्किएका अशोकले रेडियो स्पेननेपालसँग बिशेष कुराकानी गर्दै मृतक बनेकी काकीले साढे २ बर्षकि आफ्नी नातिनीलाई बचाएको खुलासा गरे।

बालिका कसरी बाँचिन् तँ ? घर पुगेर गाउँमा राहत बितरण गर्न कस्तो भूमिका खेले ? गाउँमा घर टहरा बनाउँन केहि समयको लागि भएँ पनि युबाहरु किन देश फर्कन जरुरी छ ? प्रबासमा बस्ने अन्य युबाहरुलाई आफ्नो अनुभब सँगै उनि के अनुरोध गर्न चाहन्छन् ? वसन्त रानाभाटले गरेको बिशेष कुराकानी……