एक महिनापछि सेतीको पहिरो हटाईदै,


– सन्देश श्रेष्ठ
पोखरा/
बैशाख १२ र २९ गतेको भुकम्पका कारण सेती नदीमा खसेको चट्टानसहितको पहिरो हटाउन शुरु भएको छ ।

बैशाख १२ को भुकम्पले चर्काएको चट्टान बैशाख २९ गतेको परकम्पले पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पसको पूर्वपट्टीको सेती किनार भत्केर चट्टानसहितको पहिरो जाँदा सेतीको प्रवाहमा अवरोध पुगेको थियो ।

पहिरो गएलगत्तैदेखि पहिरो हटाउन पहल गरिएपनि स्काभेटरको अभावमा पहिरो हटाउन सकिएको थिएन । जसका कारण बर्खामा ठूलो क्षेति हुने अनुमान गरिएको थियो । तर कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको पहलमा जेसिभीको सहायतामा चट्टानसहितको पहिरो हटाउन शुरु गरिएको हो ।

स्काभेटरको पर्खाइमा एक महिनासम्म कुर्दापनि ब्यबसायीले अटेर गरेपछि जिल्ला विकास समितिको जेसिभीको प्रयोग गरेर काम शुरु गरिएको उनले बताए ।

पहिरो हटाउन पोखरा एयरपोर्टस्थित काली भञ्जन गणका मेजर पूर्णराज खत्रीको नेतृत्वमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । पहिरो हटाउन करीब एक हप्ता लाग्ने मेजर खत्रीले बताए ।

उनले विष्फोट गरेर चट्टानसहितको पहिरो टुक्रा टुक्रा पार्ने प्रयास भइरहेको जानकारी दिए । उनले भने, जेसिभी प्रयोग गरेर एयर कम्प्रेसर लैजाने ठाउँ बनाउन शुरु गरिएको छ, उक्त एयर कम्प्रेसरबाट पाइप जोडेर रक ड्रिल मेसिनमार्फत एयर प्रेसर दिएर प्वाल पारिनेछ, त्यसपछि एक्सक्लुसिभ हालेर विष्फोट गराइनेछ ।

11537794_841010292647996_6680730799358435081_o

’ मेजर खत्रीले एकैपटक ठूलो विष्फोट गराउँदा नजिकका क्षेत्रमा समेत असर परेर झन बिनास निम्तिने भएकाले चट्टानमा प्वाल पारेर स–साना विष्फोट गराउने प्रयास भइरहेको बताए । उनले स–साना विष्फोट गराउँदा समेत नजिकका क्षेत्रमा असर पार्नसक्ने अवस्थालाई मध्यनजर गर्दै सतर्कता अप्नाइएको जानकारी दिए ।

यसअघी स्काभेटरको अभावमा एक महिनासम्म पनि पहिरो हटाउन नसक्दा सेतीको प्रवाहमा अवरोध पुगेको थियो । सो पहिरो नहटाए बर्खामा ठूलो क्षेति पु¥याउने भुगोलविद्हरुले चेतावनी दिएपछि प्रजिअ राउतले पहिरो हटाउने पहल शुरु गरेका थिए । तर पहिरो हटाउन पटक÷पटक पहल गरिएपनि स्काभेटरको अभावमा एक महिनासम्म पनि सम्भव नभएको कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए ।

उनले भने, ‘कास्कीमा ३५÷४० वटा एक्साभेटर रहेछन्, तर पैसा दिन्छौं भन्दा पनि उपलब्ध गराउन मानेनन् ।’ ब्यबसायीले ब्यापार मात्र गर्ने नभइ विपत्तिको बेला सामाजिक सेवाभावले सहयोग गर्नुपर्नेमा एक्साभेटर ब्यबसायीले बहानाबाजी गरेर एक्साभेटर उपलब्ध नगराएको गुनासो गरे ।

उनले पैसा दिन्छु भन्दा पनि स्काभेटर ब्यबसायीले सहयोग नगरेर एक महिना बितेकाले जिविसको जेसिभी प्रयोग गरेर काम शुरु गरेको जानकारी दिए ।