भलिवल प्रतियोगीतामा निम्न टिम सहभागी हुँदै


कोपनहेगन । प्रवासी नेपाली मंच डेनमार्कले आयोजना गर्न लागेको भलिवल प्रतियोगीतामा तीन महिला टिम र आठ पुरुष टिमले सहभागीता जनाउने भएका छन । टिम दर्ताको मिति मे महिनाको अन्तिम सम्म थियो र उक्त मितिसम्म दर्ता भएका टिमहरुको नामावली उक्त संस्थाले सार्वजनिक गरको छ । टिमहरु निम्नानुसार रहेका छन । टिममा सहभागी खेलाडीहरुको नामावली पछि प्रकाशन गरिने संस्थाका उपाध्यक्ष बिष्णु पौडेलले फेसबुक मार्फत सबैलाई जानकारी गराएका छन ।

महिला तर्फका प्रतिस्पर्धी टीमहरु:
१) क्रियटिभ वुमन टीम, डेनमार्क
२) बेलाहोए क्लासिक वुमन “ब्लु”
३) बेलाहोए क्लासिक वुमन “रेड”

पुरुष तर्फका प्रतिस्पर्धी टीमहरु:
१) गुरुङ समाज, डेनमार्क
२) टीम अफ धौलागिरी ड्रिम
३) प्रबासी नेपाली मंच, डेनमार्क “ए”
४) प्रबासी नेपाली मंच , डेनमार्क “बि”
५) बेलाहोए क्लासिक, डेनमार्क
६) रेक्टर स्केल ७.६
७) सगरमाथा
८) यू नेपाल