ईटलीको नेपाली समुदायले भूकम्प पीडित सहयोगार्थ करिब १ करोड १२ लाख रुपैयाँ संकलन


 

इटाली ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटाली लगायत त्यहाँ स्थित नेपाली समुदायले बिनाशकारी भूकम्प पीडित सहयोगार्थ १ लाख युरो (१ करोड ११ लाख ७९ हजार २ सय ८८ रुपैयाँ ४० पैसा) प्रदान गरेका छन् ।

संकलित सो रकम काठमाण्डौ स्थित गैर आवासीय नेपाली संघ को खातामा जम्मा गरिसकेका हुन्।

इटालीमा स्थित एनआरएन लगायत,नेपाली समाज भरेजे, मितेरी मञ्च मिलान, नेपाली समाज भेनिस, नेपाली समाज पिसा, नेपाली समाज रोम तथा अबैतनिक नेपाली कन्सुलर पाओलो नुगारी एवम् इटालियनहरुको सहयोग र सहकार्यमा आर्थिक सहयोग जुटेको बताईएको छ।

ईटालीका नेपाली समुदायले जम्मा गरेको रकम हाल सम्मको तथ्याङ्क अनुसार युरोपबाट बेलायत पछि संकलन गरेको ठुलो रकम हो। स्पेनको नेपाली समुदायले पनि करिब १ करोड रुपैयाँ संकलन गरिसकेको छ।

यसैबीच गैरआबासीय नेपाली संघका अध्यक्ष शेष घलेले इटालीका एनआरएनले गरेको सहयोग अर्को गौरवपूर्ण कार्य भएको भन्दै बधाइ तथा आभार ब्यक्त गरेका छन् ।

भूकम्पको पीडामा मल्हम लगाउने एनआरएनको अभियानप्रति गैर आबासीयहरुले उदार मनले खुलेर सहयोग जुटाईरहेका छन्।