जनप्रगतिशील मञ्च स्पेनको, एकता अधिबेशन आगामी जुन २८ मा


बार्सिलोना/
नेपाली जनप्रगतिशील मञ्च स्पेन एकीकरण हुँदै आफ्नो पहिलो अधिबेशन जुन २८ तारिक गर्ने घोषणा गरेको छ। प्रगतिशील विचार राख्ने समूहलाई एकताको मालामा उन्ने भन्दै, स्थापनाकालको ७ बर्ष पछि अधिबेशन घोषणा गरेको हो।

मञ्चहरुले यस अगाडी आ-आफ्नो अधिबेशन गर्ने बताए पनि, एकजुट बनेपछि एकताको अधिबेशन गर्ने भन्दै मिति घोषणा गरेका हुन् ।

अधिबेशन बारे पहिले भएका निर्णय परिबर्तन गर्दै मंचका संस्थापक अध्यक्ष ईश्वर शर्माको संयोजकत्वमा ७१ सदस्यीय अधिबेशन मूल आयोजक समिति गठन गरेका छन्। एकताको अधिबेशनका लागि श्याम खनालको संयोजकत्वमा ३ सदस्यीय समन्वय समिति समेत गठन भएको छ।

संयुक्त बैठकले देशमा गएको बिनाशकारी भूकम्पका कारण राष्ट्रले ठुलो क्षति व्यहोरी रहेको बेला दुख ब्यक्त गरेको छ। साथै स्पेनको नेपाली समुदायले भूकम्प पीडितहरुलाई सहयोग संकलन गरी राहत जुटाउँन खेलेको भूमिकाको उच्च प्रशंसा समेत गरेको छ।

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा साम्यवादी नेता लेनिनको १४५ औं जन्म जयन्तीको अवसर पार्दै स्पेनका रहेका दुई मञ्चहरु एक भएको घोषणा गरेका थिए।

स्पेनमा सन् २००८ देखि नेपाली समुदायमा सक्रिय रुपमा देखिदै आएको जनप्रगतिशील मञ्च सन् २०१२ देखि एकिकृत नेकपा माओबादी र नेकपा माओबादीको रुपमा छुट्टाछुट्टै संरचनामा विभाजित थियो।

तर अहिले प्रगतिशील विचार राख्ने सबैलाई समेटेर साँझा मञ्च बनाउँदै बिभिन्न चिरामा बिभाजित माओबादी पार्टीलाई एक हुन स्पेनबाट सन्देश दिएका छन्।