बार्सिलोनालाई कोपा डेल रेको उपाधि,३१ बर्ष पछि ट्रफी जित्ने बिल्बाओको सपना चकनाचुर


बार्सिलोना/

गत साता ला लिगाको उपाधि उचालेको बार्सिलोनाले शनिबार राति २७ औ पटक कोपा डेल रेको उपाधि जितेको छ । एथ्लेटिको बिल्बाओलाई १-३ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे कपको उपाधि जितेको छ ।

खेलमा बार्सिलोनाले २० औं मिनेटमा मेस्सीको गोलबाट खाता खोल्यो । ३६ औं मिनेटमा नेयमारले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० को अग्रता लिन सफल भयो ।

७४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ७९ औं मिनेटमा बिल्बाओका विलिम्सनले गोल गरेपनि सान्त्वना मात्र हुन सक्यो । आउने साता च्याम्पियन्स लिगको फाइनलमा युभेन्टससँग भिड्ने तयारीमा बार्सिलोना छ ।च्याम्पियन्स लिगको फाइनल आगामि जुन ६ तारिक हुँदैछ ।

बार्सिलोना फुटबल क्लबको मैदान नाउ क्याममा खेल भए पनि घरेलु टोलिको हिस्सा बिल्बाओलाई दीइएको थियो।करिब ५० हजार बिल्बाओका समर्थकहरु नाउ क्याम छिर्ने अनुमति पाएका थिए। स्पेन फुटबल क्लबको आफ्नै नेशनल स्टेडियम नहुँदा यस बर्ष बार्सिलोनाको मैदानमा खेल खेलाईएको हो।

10488041_373022136217683_2689555529750710254_n

 

बिल्बाओ क्षेत्रबाट शुक्रबार र शनिबार गरि करिब ७० हजार भन्दा बढी समर्थकहरु बार्सिलोना भित्रिएका थिए। चोक चोकमा नारा लगाउँदै हिडेका उनीहरुको सन् १९८४ पछिको क्लबमा ट्र्फी भित्राउने सपना भने चकनाचुर भएको छ।

बिल्बाओले ३१ बर्ष यता कुनै च्याम्पियन्स लिग,लिगा वा कोपाको कुनै पनि उपाधि जितेको छैन।