९ सयले दाल भात खाएर भुकम्प पिडितलाई सहयोग गरे


प्रकाश ढकाल

कोपनहेगन ।अहिले नेपालमा भुकम्प पछि विदेशमा रहने नेपालीहरुले विविध क्रियाकलाप अन्तर्गत नेपालमा पिडितहरुको लागि आर्थिक सहायता जुटाई रहेका छन । यस्तैमा डेनमार्कमा स्थानीय डेनिस नागरीकहरुलाई ‘दाल भात’ खुवाएर सहयोग संकलन गरिएको छ ।  डेनमार्कमा बस्ने नेपालीहरुले राहत संकलनको एक उदाहरणीय नमुना पेश गरेका छन ।11263127_372013166318580_1352136706869324410_oकेही नेपाली तथा डेनिस स्वयँसेवीहरुले भर्खरै दर्ता गरेको सँस्था हेल्पनेपाल डट नुले यहि मे २६ आयोजना गरेको डिनर साँझमा ९ सय भन्दा वढिले ५० क्रोनर (करिब नेरु. ७५०)मा नेपाली दाल भात तरकारी तथा अचारको मजा लिंदै उक्त खाना वापत तिरेको रकम सिधै भुकम्प पिडितको लागि जाने कार्यको लागि मन खोलेर नेपालप्रती सदभाव पनि जनाए । संस्थाका स्वयंसेवक राम कडरियाले बताए अनुसार फेसबुक मार्फत ‘इभेन्ट’ पेज बनाएर सहभागी हुन आव्हान गरिएको थियो । यो कार्यको लागि स्थानीय डेनिसहरुको सहयोग निकै सराहनीय रहेको थियो । उक्त इभेन्ट पेज कोपनहेगनमा भाइरल बनेकोले करीब ३५०० जनाले सहभागिता जनाउने बताए पनि धेरै भिड भएकोले कतिपय व्यक्तीहरु चाहेर पनि सहभागी बन्न सकेनन । सहयोगको लागि कार्यक्रम भएकोले कार्यक्रम हल निशुल्क उपलब्ध गराइएको थियो । उक्त कार्यक्रम आयोजना हुँदै छ भन्ने थाहा पाएर डेनिस नागरीकहरु खाना खानको लागि निकै अगाडी देखि लाइन बसेका थिए ।

10985427_372013229651907_3827853589852417915_nकोपनहेगनको केन्द्र नजिकै रहेको कोर्सगल हलमा साँझ ५:३० देखि ८:३० सम्म चलेको उक्त डिनर साँझमा खर्च कटाएर ५२ हजार डेनिस क्रोनर ( करीब ८ लाख नेपाली रुपैंया) वचेको थियो । खानाको लागि सबै सामान पनि विभिन्न स्टोर तथा वितरकहरुबाट निशुल्क प्राप्त भएकोले पनि थोरै पैसामा खाना खुवाउन सकिएको कुरा संस्थामा सक्रिय स्वयंसेवी कृष्ण अधिकारीले बताए ।

विनाशकारी भुकम्पले घरवार विहिन वनाएका नेपालीहरुका बालबालिकाहरुको लागि सो रकम नेपाल पठाईने कुरा अभियान कर्ताहरुले वताएका छन । यस अघि नै उक्त संस्थाले नुवाकोटको भुकम्पले क्षतीग्रस्त कुमारी गाउँमा १५० परिवारलाई लामखुट्टेको प्रकोट देखिएकोले झुल वितरण गरेको जानकारी स्वयंसेवक राम कडरियाले दिए । आगामी आइतबार संस्थाको बैठक बसेर सबै स्वयंसेवकहरुको सल्लाह र सुझावमा रकम नेपाल पठाइने बताइएको छ । भुकम्प पिडित स्कुले बालबालिकाहरुको आवश्यकतालाई ख्याल राखी कुनै एक गाउँमा रकम खर्चिने योजना संथाको रहेको छ ।

10452851_372013199651910_2328503882170707842_oवयंसेवक पंकज चन्दका अनुसार सवै नेपाली स्वयंसेवीहरु र डेनिस स्वयंसेवीहरु एकै ठाँउमा मिलेर काम गरेकैले छोटो समयमा पनि यति ठूलो र प्रभावकारी कार्यक्रम सफल गर्न सकिएको हो । भर्खरै दर्ता भइ स्वयंसेवीहरुको समुह मार्फत अब विविध कार्यक्रम गरिने संस्थाको योजना रहेको छ । यो एक गैर-नाफामुलक संस्था भएकोले अब भविष्यमा पनि नेपालको विविध क्षेत्रमा सहयोग गर्ने कार्यक्रम गरिने स्वयंसेवकहरुले बताएका छन् । यो संस्था एउटा ‘फ्ल्याट ओर्गनाइजेसन’ भएकोले कुनै पद नरहने र यसमा आवद्ध हुने सबैको एकै भूमिका रहने भएकोले सबैको उत्तिकै दायित्व रहने गरी संस्था अगाडी बढ्ने जानकारी पनि दिइएको छ ।