भूकम्प पिडित सहयोगार्थ डिम नेपाल रिलिफ फण्ड सकृय


काठमाण्डौ / अहिले नेपालमा आएको अप्रत्यासित दैवी प्रकोपको अवस्थामा थुप्रै ब्यक्ति र सँघ सँस्थाहरु आ –आफ्नै उद्देश्य र स्वार्थ अनुरुप चलखेल गर्दै धमिलो पानीमा माछा मार्ने क्रमले समेत प्रश्रय पाएको परिवेशमा केही उत्साही युवाहरु स्वतःस्फुर्त तवरले भुकम्प पिडितहरुको राहतमा जुटेका छन् ।

राजधानीको ठमेल स्थित डिम नेपाल होटल एण्ड अपार्टमेन्टका सञ्चालकहरु ज्ञानेन्द्र लामा,योगेश लामा र कञ्चन गुरुडको ब्यक्तिगत प्रयासमा केही स्थानीय र केही अन्तर्राष्टिय ब्यक्तिहरुको सहभागितामा डिम नेपाल रिलिफ फण्ड स्थापना गरेर विभिन्न स्थानमा राहत कार्यलाई सुचारु गरिएको छ ।

ज्ञानेन्द्र र योगेशको सकृयतामा शुरु गरिएको राहत अभियानमा कृष्ण लामा, एकान्त बखती, निरज थापा, प्रसिद्ध किराती, समिर तामाड आदी लगायतका पर्यटन व्यावसायी तथा कलाकारहरुको समूहले सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका दुर्गम तथा बिकट स्थानहरुमा भुकम्प पिडितहरुलाई आ–आफ्नै प्रयासबाट राहत सामाग्री बितरण गर्दै आएका छन् ।

अन्तर्राष्टिय समूह सँग समेत सहयोग लिएर डिम नेपाल रिलिफ फण्डले पिडितहरुलाई राहत पुर्याउने क्रममा सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्वर २ बाराम्ची गा.बि.सं.र क्षेत्र नम्वर १ बुडथान गा.बि.सं. वडा नम्बर ७ र ८ काभ्रेपलान्चोक जिल्लाको भिमखोरी गा.बि.सं.मा समेत गरि एक हजार भन्दा बढि परिवारलाई राहत समाग्री उपलब्ध गराएका छन् ।11350061_10204480747962821_1588446779_nअहिलेको बिषम परिस्थितिमा सवै जना कुनै न कुनै रुपमा पिडित भए पनि सक्नेले नसक्नेलाई सहयोग गर्नु पर्छ भन्ने उद्देश्यले युवा पर्यटन ब्यवसायी ज्ञानेन्द्र लामाले आफ्नो गच्छे अनुसार भ्याए सम्म राहत कार्यमा जुटि नै रहने बताएका छन् ।

सिन्धुपाल्चोक र काभ्रेपलान्चोकका निकै बिकट स्थानहरुमा पुगेर राहत सामाग्री बितरण गर्दै आएको यस समूहलाई सुरक्षकर्मीहरुले निकै सघाएको बताए अब छिटै नै डिम नेपाल रिलिफ फण्ड र लायन्स क्लवको सहभागितामा काभ्रपलान्चोकमा जस्तापाता बितरण गरिने कुरा बताएका छन् ।

साथै पिडितहरुलाई बितरण गर्न स्थानीय बजारमा पालको अभाव भएकोले झण्डै पन्ध्र सय पाल भारतको सिलिगुडीबाट झिकाईएको कुरा ज्ञानेन्द्र लामाले बताएका छन् ।