जापानमा पनि भूकम्पको धक्का


जापानमा सोमवार अपरान्ह २ वजेर २८ मिनेट जादाँ भूकम्पको धक्का महसुस गरिएको छ ।

जापानको साईतामा राज्यको उत्तरी क्षेत्रमा केन्द्र विन्दु भएको भूकम्प ५.६ रेक्टर्स स्केलको भएको याहु न्यूज जापानले जनाएको छ ।

केही सेकेण्ड कम्पन दिएको भूकम्प पछि सुनामीको कुनै संभावना नभएको जनाइएको छ। भूकम्पको केन्द्र साईतामा राज्यको ५१ किलोमिटर उत्तरी क्षेत्रमा रहेको जनाइएको छ ।

भूकम्पका कारण जापानको वढी आवादी भएको टोकियो, साईतामा, ईवाराकी, तोचुगी, गुन्मा र खानागावा राज्यमा ठूलो धक्का दिएको स्थानिय संचार माध्यमहरुले जनाएका छन ।