महानायक राजेश हमाल साईप्रसको च्यारिटी कन्सर्टमा सहभागी हुने


बार्सिलोना/
बिनाशकारी भूकम्पका पीडितहरुको सहयोगार्थ साईप्रसको लिमासोलमा “सेभ नेपाल च्यारिटी म्युजिकल कन्सर्ट” हुने भएको छ। भत्केका गाउँहरुमा केहि राहत पुर्याउने उदेश्य राख्दै नेपाली विद्यार्थी कल्याण संघ साईप्रसले कार्यक्रमको आयोजना गरेको हो।

भूकम्पले देश नै शोकाकुल बनिरहेका बेला पीडितहरुको साहारा बन्दै उद्दारमा खटिएका महानायक राजेश हमाल सो कार्यक्रममा सहभागी हुने भएका छन्। हमालले भिडियो सन्देश मार्फत आँफू कार्यक्रममा सहभागी बन्ने र उपस्थित भई भूकम्प पिडितहरुलाई सहयोग गर्न साईप्रसबासी नेपालीहरुलाई अनुरोध गरेका छन्।

आगामी जुन २१ तारिक हुने कार्यक्रममा हमालको साथमा चर्चित गायक राजु लामा,हिमाल सागर र स्पेनबाट गायक तुलसी शिवाकोटी पनि सहभागी बन्ने भएका छन्। संघको साथै याङ्की ह्याल्मोको सहकार्यमा हुने कार्यक्रममा स्थानीय ख्यातिप्राप्त ब्याण्डहरु बिग ब्याण्ड थेउरी र द बुट्सले पनि प्रस्तुती राख्दै सघाउने भएका छन्।

यसअघि पनि परोपकारी कामहरु गर्दै आएको संघले भूकम्प पीडितहरुको सहयोगको लागि आयोजना गरिएकोले कार्यक्रमलाई सफल बनाउन सबैलाई अनुरोध गरेको छ।