मदन आश्रित दिवसमा प्रवासी नेपाली मंच डेनमार्कको विशेष कार्यक्रम सम्पन्न ।


कोपनहेगन । बाइसौं मदन आश्रित दिवसको अवसरमा कोपनहेगनमा प्रवासी नेपाली मंच डेनमार्कले एक बृहत तथा उपलब्धीमुलक अन्तरक्रिया कार्य्रक्रम सम्पन्न गरेको छ । ”समुन्नत राष्ट्र निर्माणको आधार शशक्त स्थानीय सरकार- नेपालको सन्दर्भमा डेनमार्कको दृष्टान्त” विषयक एक अन्तरक्रियामा डेनमार्कका लागि नेपाली राजदुत देखि नियोग उप-प्रमुख अनि डेनमार्कमा रहेका विधार्थी देखि पी एच डी गरेका दिग्गज सम्म लगायत विज्ञहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा भुकम्पबाट निधन भएका मृतकहरुको सम्झनामा मौनधारण गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रमलाई भुकम्प पछि नेपालले गर्ने पुनर्निर्माणको सन्दर्भमा डेनमार्कबाट नेपालले के सिक्न सक्छ र यहाँ रहेका नेपालीहरुले के कस्तो शिप र ज्ञान नेपाल लैजान सक्छन ? भन्ने सन्दर्भ पनि जोडिएको थियो । यो सन्दर्भमा अन्तरक्रिया कार्यक्रममा सहभागी एवं विज्ञहरुले निकै सान्दर्भिक सल्लाह र सुझाव र सार्गर्भिद भनाइ पनि राखे ।

11011537_949163591781386_1094610276678803146_o

कार्यक्रमका प्रमुख अतिथी महामहिम राजदुत मुक्तिनाथ भट्टले ‘ भुकम्प बाट पुनर्निर्माणको लागि सरकारको संयन्त्र विशेषगरी कर्मचारीतन्त्रमा संरचनागत सुधार गर्नु पर्ने कुरामा जोड दिए भने दुतावासका नियोग उप-प्रमुख राम काजी खड्काले नेपालको हालको भुकम्प पछिको पुनर्निर्माणको अवस्थामा स्थानीय सरकारको सान्दर्भिकता रहे पनि नेपालमा स्थानीय चुनाव नभएको १८ वर्ष भएकोले स्थानीय निकायको अभाव खड्केको बताए ।

11134142_949161748448237_3793088470060830039_o

प्रवासी नेपाली मंच डेनमार्कका अध्यक्ष कृष्ण प्रसाद पौडेलले पावर पोइन्ट मार्फत डेनमार्कको स्थानीय सरकार र यसको आवश्यकता र यसका क्रियाकलाप सम्बन्धी निकै सान्दर्भिक एक कार्यपत्र प्रश्तुत गरेका थिए । उनले बताए अनुसार यो अन्तरक्रिया कार्यक्रमबाट आएका सुझाव र सल्लाहलाई बुँदागत रुपमा संस्थाको माहुपार्टी नेकपा एमालेको केन्द्रिय कार्यालयमा पठाइने बताए ।

कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै प्रवासी नेपाली मंच डेनमार्कका उपाध्यक्ष बिष्णु पौडेलले यस्तो कार्यक्रमको शुरुवात् आँफैमा सकारात्मक पहल भएको र डेनमार्कमा रहेका विज्ञ र शिप भएका दक्ष नेपालीहरुको सुझाव र सल्लाहलाई संस्थाले ग्रहण गर्दै त्यसलाई नेपालमा संस्थाको माहुपार्टीलाई सुझावको रुपमा पठाउन पहल गरिने बताए ।

11255020_949162561781489_3874303668347769401_n

कार्यक्रममा जनसम्पर्क समिति डेनमार्कका पुर्वअध्यक्ष त्रिलोचन सापकोटाले स्थानीय सरकार बलियो बनाए मात्र देशमा परिवर्तन हुने बताए भने जनप्रगतिशील मंच डेनमार्कका पुर्व अध्यक्ष उदय राज गौतमले डेनमार्कको सन्दर्भ लिएर नेपालमा धेरै कुरा स्थानीय तहमा गर्न सकिने बताउंदै उदाहरण सहित कार्यपत्र प्रश्तुत पनि गरे । यसैगरी एन आर एन डेनमार्कका पुर्व अध्यक्ष मोहन राज मिश्रले कार्यपत्र प्रश्तुत गर्दै नेपालको स्थानीय सरकार बलियो बनाउने आधार प्रश्तुत गरे । यसैगरी डेनमार्कको कोपनहेगन विश्वविधालयबाट भर्खरै पि एच डी सकेका विज्ञ प्रभात खनालले नेपालको पुनर्निर्माणमा विदेशमा रहेका नेपालीहरुको आवाज नेपाल सरकारले सुझावको रुपमा ग्रहण गर्न सके मात्र धेरै उपलब्धी हुने बताए ।

11289401_949162555114823_8145187101472743904_o

यसै गरी जनसम्पर्क समितिका सल्लाहाकार तथा नीति निर्माण सम्बन्धी विज्ञ उद्धव सिग्देलले नेपालमा नीति निर्माण सम्बन्धी कानुनमा परिमार्जन गर्नु पर्ने आधार प्रश्तुत गरेका थिए । एन आर एन डेनमार्कको तर्फबाट युवा प्रतिनिधी लोकराज शर्मा तथा जनप्रगतिशिल डेनमार्कका अध्यक्ष गणेश ढकालले जवसम्म देशको समग्र ‘सिस्टम’ र त्यसमा परिवर्तन आउन जरुरी भएको बताए । महिलाको तर्फबाट देवी शर्मा गौतमले नेपालमा कानुन मिचेर आधिकार प्राप्त व्यक्तीले कसरी काम गर्छन भन्दै आफनो काठमाण्डु महानगरपालिकामा कार्यरत रहंदाको अनुभव सुनाइन । उनले बताए अनुसार नक्सा पास गर्ने सवालमा अवैधानिक काम गरी अनुमती दिएकोले अहिले भुकम्पबाट काठमान्डूमा धेरै क्षती भएको बताइन । कार्यक्रमको संचालन गर्दै प्रवासी नेपाली मंच डेनमार्कका महासचीव दिपक पाण्डेले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रम सहभागी सबैले नेपाल भुकम्प पछि पुनर्निर्माणको अवस्थामा रहेकोले यस्तो कार्यक्रम निकै सान्दर्भिक रहेकोले यसबाट आएका सल्लाह र सुझाव नेपालका मुख्य राजनीतिक पार्टी समक्ष पुर्याउन सबैले पहल गर्नु पर्नेमा जोड दिए ।