नेपालमा फेरि ७.३ रेक्टर स्केलको ठूलो भूकम्प,नाम्चेबजार केन्द्रबिन्दु


काठमाडौं/ बनेपाबाट ६६ किमी उत्तरपूर्व  नाम्चेबजार केन्द्रबिन्दु बनाएर ७.३ रेक्टर स्केलको भूकम्प गएको अमेरिकिन जियोलोजिकल सर्भेले जनाएको छ। मंगलबार १२ बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का महशूस भएको हो।

भूकम्पको गहिराइ २ किलोमिटर मात्र भएकाले आसपासका जिल्लामा ठूलो धक्का महसुस भएको बताइएकाे छ । यद्यपि भूकम्पकाे गहिराइबारे वास्तवित तथ्य अाइसकेकाे छैन ।

बीबीसीले १८ किलाेमिटर गहिराइ रहेकाे उल्लेख गरेकाे छ । भूकम्पपछि मानिसहरु घरबाट बाहिर आएका छन् । वैशाख १२ गतेको ७.८ रेक्टर स्केलको विनोशकारी भूकम्पले त्रसित मानिसहरु फेरि भूकम्प गएपछि त्रसित भएका छन् ।

तर, विज्ञहरुले भने ठूलो धक्कापछि केही समयसम्म धक्का महसुस भइरहेका बताएका छन् । वैशाख १२ पछि आएको यो दोस्रो ठूलो भूकम्प हो ।

सभासदहरूको भागाभाग

नाम्चेबजारलाई केन्द्रबिन्दु बनाएर मंगलबार फेरि ७.४ रेक्टर स्केलको ठूलो भूकम्प गएपछि आजको संसदको बैठकमा सभासदहरूको भागाभाग भएको छ।

मंगलबार १२ बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का महशूस भएको हो।