राहत सामग्री बोकेर एनआरएन टोली सिन्धुपाल्चोक तिर ( फोटोफिचर सहित )


बार्सिलोना/

गैरआबासीय नेपाली संघले अध्यक्ष शेष घलेको नेतृत्वमा भूकम्पले बढी प्रभावित जिल्ला सिन्धुपाल्चोक पुगेर राहत बितरण कार्य गर्न त्यस तर्फ प्रस्थान गरेको छ।

एनआरएनहरुकै स्वंयसेवक सहितको परिचालन टोली प्रभावित क्षेत्रमा पुगेर राहत बितरण कार्य शुरु गर्न लागेको हो। एनआरएनको उक्त टोलीले एक हजार टेन्ट, दुई हजार कम्बल, हजार प्याकेट चाउचाउ र दुई हजार केजी चिउरा तथा २० लाख रुपैयाँको औषधि बोकेको छ । उक्त टोलीमा ५ पाँच जना डाक्टर, २० जना नर्स र १० जना स्वयसेवक छन्

एनआरएनहरुकै स्वंयसेवक सहितको परिचालन टोली प्रभावित क्षेत्रमा पुगेर राहत बितरण शुरु गरेको हो। एनआरएनको उक्त टोलीले टेन्ट, कम्बल,चाउचाउ ,चिउरा तथा औषधि बाड्न शुरु गरेको छ। उक्त टोलीमा डाक्टर, नर्स र स्वयसेवक परिचालित छन्।

बिभिन्न समुहमा विभाजित स्वयंसेबकहरु अन्य जिल्लाहरुमा पनि राहत लिएर पुग्दै गरेको एनआरएनले जनाएको छ। हजारौंको ज्यान जाने गरी आएको बिनाकारी भूकम्पबाट मातृभूमी राष्ट्रिय शोकमा रहेका बेला गैरआवासीय नेपालीहरुले सहयोगका लागि अग्रसरता देखाएका हुन्।

11205114_10206671297050386_8300507822787390780_n

।गैरआवासीय नेपाली संघको आह्वानमा संसारभर रहेका गैरआवासीय नेपालीहरुले करिव १० करोड रुपैयाँ संकलन गर्ने तयारी गरिरहेका छन् । जसबाट उनीहरुले राहत नपुगेका दुर्गम बस्तीहरुमा पुगेर कम्तीमा १० हजार परिवारलाई न्यूनतम राहत प्रदान गर्ने निर्णय गरेका छन्।

एनआरएनले भूकम्पबाट सवैभन्दा ठूलो क्षति ब्यहोरेका सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङ, रसुवा, काभ्रे र रामेछाप गरी कूल ७ वटा जिल्लाका भूकम्प पिडीतलाई राहत प्रदान गर्ने तयारी गरिरहेको छ।

11188155_10206671297970409_4519830242952258459_n11193310_10206671298130413_2695569902737488420_n11150791_10206671299130438_3513323104714242139_n11170368_10206671299330443_1045613494913177053_n