“मेरो घर नेपाल भत्कियो” भन्दै कन्सुलर बेल्बिस रोए पछि…नेपाल प्रतिको स्पेनिस माया


वसन्त रानाभाट
बार्सिलोना/
हजारौले ज्यान गुमाए,लाखौ सडकमा छन् ,कति घर भित्रै पिल्सिएका छन्, अझ नेपालका बिकट जिल्लाहरुमा त भूकम्पले यति बिचल्ली बनाई दियो कि म सँग बोल्ने कुनै शब्द छैन बार्सिलोना स्थित नेपाली कन्सुलर लुईस बेल्बिसले स्पेनिसहरुलाई नेपालको बारे जानकारी दिदै गर्दा थप बोल्न सकेनन्।

बोल्दा बोल्दै उनको गला अबरद्द भयो। उनले त्यति भनिरहदा उपस्थित स्पेनिसहरुको आखाँ पूर्ण रुपमा रसाईसकेका थिए । उनीहरु चश्मा खोल्दै आँशु पुछन् थालीसकेका थिए।

 

३० बर्ष सम्म लगातार कन्सुलर सेवामा रही नेपालीहरुकै सेवा गर्दै आएका स्पेनिस नागरिक बेल्बिस भन्दै थिए नेपाल मेरो घर हो। घरका सदस्यहरु अहिले सडकमा आएका छन्। म यति नै प्राथना सक्छु उनीहरुको रक्षा गर थप दुख नदेउ। भूकम्पले थुप्रै बालबालिकाहरु अबस्था नाजुक छ सारा बिश्व एकजुट हौ र उनीहरुको रक्षा गरौ बेल्बिसले भने।

१ सय ३० पटक सम्म नेपाल पुगेका उनि नेपाल बारे धेरै बिज्ञ छन्। यति सुन्दर देश आज बिपतमा पर्यो। बर्षौ देखि म नेपाल र नेपालीहरुसँग नजिक छु, आज मेरो मन भत्केको छ फेरि बेल्बिसको गला अबरद्द भयो यसो भनीरहदा टिबेटीयन समुदाय स्पेनका पुर्ब अध्यक्ष दावा ऋषि श्रेष्ठले आफुलाई थाम्न सकेनन् लगाएको कोटको बाउलाले आशु पुछन थाले।

कासा डेल टिबेट र टिबेटीयन समुदाय स्पेनले आयोजना गरेको सो कार्यक्रममा भूकम्पमा ज्यान गुमाउनेहरुको सम्झना गर्दै दिप प्रज्वलन पनि गरिएको थियो। एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरीले देशको पछिल्लो अबस्था बारे पनि जानकारी गराए। १ हजार २ सय ६० युरो राहत रकम संकलन पनि भएको थियो।

नेपालीहरुले काम गर्ने रेष्टुरेन्टबाट १० हजार युरो सहयोग

बिनाशकारी महाभूकम्प पछि नेपाल र नेपालीहरु प्रति स्पेनिसहरुले ठुलो चिन्ता र चासो ब्यक्त गर्दै आएका छन्। स्पेनमा संचालन गरिएको राहत संकलन अभियानमा उनीहरुले चासो मात्र नलिई आर्थिक रुपमा पनि सहयोग गर्दै सघाएका हुन् ।उनीहरुको यो सहयोग र सद्भाबले नेपाल प्रतिको माया र साहानुभुती प्रष्ट देखिन्छ।

10431702_363126663873897_3962690499317919710_n
बार्सिलोनामा कातालानहरुले संचालन गर्दै आएको रेस्टुरेन्ट किबुका ग्रुपबाट एकमुष्ट १० हजार युरो सहयोग समेत पाप्त भएको छ। राहत संकलन अभियानमा साथ दिदै संचालकहरुले भने,” बर्षौ देखि काम गर्दै आउनुभएका तपाईहरुको आज घर भत्केको छ,आफन्तहरुको ज्यान गुमाएका छन् ,यो बिपतको घडीमा हाम्रो तर्फबाट नेपाल र नेपाली हरुको लागि सहयोग हो।”
संघका अध्यक्ष गिरी लगायत अन्य ३० जना नेपालीहरुले सोहि ठाउमा काम गर्दै आएका छन्।

रियल मड्रिडका खेलाडीहरुले “तोडोस् कोन नेपाल” लेखेको टिसर्ट लगाए

स्पेनिस जाईन्ट रियल मड्रिड फुटबल क्लबका खेलाडीहरुले “तोडोस् कोन नेपाल” लेखेको टिसर्ट लगाउदै भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झना गरेका छन्। फिफा बर्ष खेलाडी क्रिष्टियानो रोनाल्डो लगायतका खेलाडीहरुले सो टिसर्ट लगाउदै मौनधारण गर्दा ,घरेलु मैदानको ठुलो स्क्रिनमा नेपाललाई साथ दिउ भन्दै ऎक्यबद्दता जनाईएको थियो।
यस अघि पनि बार्सिलोना फुटबल क्लब लगायतका अन्य क्लबहरुले पनि खेल शुरु हुनु भन्दा केहि समय अगाडी मौनधारण गर्दै सम्झना गरेका थिए। लालिगा अन्तर्गतका सबै जसो क्लबहरुले यस हप्ता भएका खेल अगावै मौनधारण गरी चिरशान्तीको कामना गरे।

यस्तै फिफा बर्ष खेलाडी क्रिष्टियानो रोनाल्डो,लिओनल मेस्सी लगायतका फुटबलरहरुले भूकम्पबाट प्रभावित नेपाली बालबालिकालाई सहयोग गर्न आग्रह गरेका छन् । सामाजिक संजाल मार्फत उनीहरुले सेभ दी चिल्ड्रेनको अभियानमार्फत सहयोग गर्न अपिल गरेका हुन्।

 

11195566_960742700626557_2079734996_n

यस्तै फिफा बर्ष खेलाडी क्रिष्टियानो रोनाल्डो,लिओनल मेस्सी लगायतका फुटबलरहरुले भूकम्पबाट प्रभावित नेपाली बालबालिकालाई सहयोग गर्न आग्रह गरेका छन् । सामाजिक संजाल मार्फत उनीहरुले सेभ दी चिल्ड्रेनको अभियानमार्फत सहयोग गर्न अपिल गरेका हुन्।

Screen Shot 2015-04-29 at 23.35.36

स्पेनमा करिब ३७ हजार युरो संकलन,सहयोगको क्रम जारी

नेपाली राजदुताबास समेत नभएको मुलुक स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले राहत स्वरूप अहिले सम्म करिब ३७ हजार युरो संकलन गरेका छन्। एनआरएनए स्पेन लगायत संघसस्थाहरुले अहोरात्र खट्दै रकम संकलन कार्य जारी राखेका हुन्।

संकलित रकमलाई एनआरएनए स्पेनले शेष घलेको अध्यक्षतामा गठित राहत समितिलाई पठाउने भएको छ। संघले भूकम्पबाट सवैभन्दा ठूलो क्षति ब्यहोरेका सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङ, रसुवा, काभ्रे र रामेछाप गरी कूल ७ वटा जिल्लाका भूकम्प पिडीतलाई राहत प्रदान गर्ने निर्णय गरेको छ । राहत नपुगेका दुर्गम बस्तीहरुमा पुगेर कम्तीमा १० हजार परिवारलाई न्यूनतम राहत प्रदान गर्ने तयारी एनआरएनए गरिरहेका छन् ।