नेपालीहरुले काम गर्ने रेष्टुरेन्ट किबुका ग्रुपबाट १० हजार युरो सहयोग


बार्सिलोना/

बिनाशकारी महाभूकम्पपछि नेपाल र नेपालीहरु प्रति स्पेनिसहरुले ठूलो चिन्ता र चासो ब्यक्त गर्दै आएका छन्। स्पेनमा संचालन गरिएको राहत संकलन अभियानमा उनीहरुले चासो मात्र नलिई आर्थिक रुपमा पनि सहयोग गर्दै सघाएका हुन् । उनीहरुको यो सहयोग र सद्भावले नेपालप्रतिको मायाँ र साहानुभुति प्रष्ट देखिन्छ।

बार्सिलोनामा कातालानहरुले संचालन गर्दै आएको रेस्टुरेन्ट किबुका ग्रुपबाट एकमुष्ट १० हजार युरो सहयोग समेत प्राप्त भएको छ। राहत संकलन अभियानमा साथ दिदै संचालकहरुले भने,” बर्षौदेखि काम गर्दै आउनुभएका तपाईहरुको आज घर भत्केको छ,आफन्तहरुको ज्यान गुमाएका छन् ,यो बिपतको घडीमा हाम्रो तर्फबाट नेपाल र नेपालीहरुकोलागि सहयोग हो।”

11027516_985425831476828_3743030309981961200_n

सो रकम राहत कोषको खातामा जम्मा भईसकेको छ।बिगत ११ बर्ष देखि संचालित किबुका ग्रुपले आफ्ना चार बटा रेष्टुरेन्टहरु बार्सिलोनामा संचालन गर्दै आएको छ।  एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरी लगायत  अन्य ३० जना नेपालीहरुले सोही ठाउँमा काम गर्दै आएका छन्।

10431702_363126663873897_3962690499317919710_n