महाभुकम्प पिडीत राहात कोषको बैठक बारे सुचना


महाभुकम्प पिडीत राहात कोष २०७२ समितीका सम्पुर्ण साथिहरुलाई बैठकमा उपस्थितीको लागी हार्दिक अनुरोध छ । हामीले खुला सहयोग संकलन डेस्क राख्नको लागी आयुन्तामियन्तो सँग लिने अनुमतीको सम्बन्धमा सबै प्रकिया पुरा गरी भोली बिहान आउने सकारात्मक उत्तरको प्रतिक्षामा रहेका छौ । २७ अप्रिलमा बसेको एनआरएनए सँगको नेपाली संघ सस्थाहरुको बैठकले गरेको निर्णय बमोजिम गरिएको सामुहिक अपिल पश्चात स्पेन स्थित सम्पुर्ण नेपाली तथा बिदेशि समुदायबाट अहिले सम्म करिब ३५ हजारयुरो सहयोगको प्रतिबद्धता जुटाउदै उल्लेख्य रकम खातामा समेत प्राप्त गरिसकेका छौं ।

साथै दिप प्रज्वलन ४ मे मा तथा खुल्ला राहत संकलन डेस्क थालनी भोलीदेखि हुने प्रबल सम्भाबना रहेकोले जानकारी गराउछौ। बिभिन्न निकायमा सहयोगको अपिल गर्दा लाकाईसा बैंक ,पेनिया दे बारशिलोनिष्टा लगायत संगको अपिलबाट सहयोग प्राप्त हुने ठुलो सम्भाबना समेत रहेको छ । सहयोग संकलन तयारीका लागी टिसर्ट छपाई भोली प्राप्त हुने साथै स्पेनका बिभिन्न ग्रान कानरिया ,म्याड्रिड लगायत क्षेत्रमा सहयोगको लागी सबै साथिहरु आफ्नो आफ्नो क्षेत्रबाट बिशेषरुपमा समेत लागीरहनु जानकारी प्राप्त भएको छ ।
किबुका ग्रुपको १०००० युरो र टिबेटीयन समुदायको कार्यक्रममा उठेको १ हजार २ सय ६० युरो लगायत उल्लेख्य सहयोग जुटाउन साथै संध सस्थाहरुको उदाहरणिय सहकार्यले यो बिपत्तीको घडिमा पिडीतहरुको घाउमा मलम लगाउन राम्रो सहयोग प्राप्त गर्न सफल भएका छौ।

नेपालमा राहत बितरण प्रकियामा दुर्गम बस्तीहरुमा पुगेर एनआरएनले कम्तीमा १० हजार परिवारलाई न्यूनतम राहत प्रदान गर्ने प्रकिया शुरु भएको समेत जानकारी प्राप्त भएको छ । सबै एनआरएनए कार्यसमिती ,स्पेन स्थित संघ सस्थाका साथिहरु, क्षेत्रिय समितीका साथिहरु तथा बिभिन्न क्षेत्रका साथिहरु पनि आफ्नो आफनो ठॉउबाट रातदिन सहयोग उठाउन लागिरहनु राष्ट्रिय बिपत्तीको अभियान प्रती नेपाली समुदाय हार्दिक आभार ब्यक्त गर्दछ । राहत अभियानलाई अझै बढी प्रभाबकारी बनाउन छलफल साथै हालसम्मको प्रगती बिबरण र दिप प्रज्वलन ब्यबस्थापन ,सहयोग रकम संकलन ,नेपालमा एनआरएनको बितरण प्रक्रियामा स्पेनको प्रतिक्रिया लगायत समसामयिक बिषयमा छलफलका लागी उपस्थिती हुन हार्दिक अनुरोघ गर्दछौं ।

साथै सम्पुर्ण संघ सस्थाहरुलाई आफ्नो संघ सस्थाहरुलाई गरिएको उठेको प्रतिबद्धता रकम समितीले उल्लेख गराएको खातामा बिबरण समेत खुलाई नगद जम्मा गरी जम्मा गरेको रसिद साथैमा लिई बैठकमा उपस्थित भई दिनु हुनको लागि समेत बिशेष अनुरोध गर्दछौं ।
मिति – ३० अप्रिल, २०१५

स्थान : ओला नेपाल रेष्टुरेन्ट
C/ lepant ३२३ बार्शिलोना
समय: दिउसो ४.३० बजे
सन्तोष श्रेष्ठ
प्रबक्ता
एनआरएनए स्पेन