स्पेनको प्रान्तीय सरकार कातोलोनियाले ५० हजार युरो सहयोग गर्ने


वसन्त रानाभाट
बार्सिलोना/
स्पेनको प्रान्तीय सरकार कातोलोनियाले नेपालमा आपतकालिन राहत र उद्दारका लागि ५० हजार युरो सहयोग गर्ने भएको छ।

बिनाशकारी महाभूकम्पले देशमा ठुलो बिपत परिरहेको बेला खाद्य सामाग्री, पानी, लगायत औषधी उपाचारमा टेवा पुग्ने विश्वास राख्दै सहयोग घोषणा गरेको हो। कातोलोनियाका सरकारी अधिकारीहरुले देश नै शोकाकुल हुने गरि घटेको घटना प्रति दुख ब्यक्त गरेका छन्।

बार्सिलोना स्थित नेपाली कन्सुलर लुईस बेल्बिस,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनका अध्यक्ष एकराज गिरी लगायत बिभिन्न संघसस्थाहरु प्रतिनिधिहरुले भेटबार्ता गरेका थिए।

स्पेनमा गठन भएको “महाभुकम्प पिडीत राहतकोषले रकम संकलन कार्य तिब्र पारिरहेको बेला प्रान्तीय सरकार कातोलिनिया समक्ष पनि भेट बार्ता गरि भूकम्प पिडितहरुलाई थप रकम जुटाउन सफल भएको छ। अन्य मुलुकहरुबाट ठुलो सहयोग रकम घोषणा भई रहेको बेला यहाको नेपाली समुदायले आफैले पहल गरि प्रान्तीय सरकारबाट पनि सहयोग जुटाएको हो।

राहत संकलन जारी

“महाभुकम्प पिडीत राहतकोषले अहिले सम्म १८ हजार ७८ युरो संकलन गरेको छ। राहत संकलन जारी राखेका संघसस्थाहरुले एकैचोटी सबै बिबरण दिने बताएका छन्। एनआरएनए स्पेनले आफ्नो राहतकोषबाट छुट्टाएको २ हजार युरो सहित ३ हजार ९ सय १३ ,तमु समाज स्पेनले २ हजार ३ सय ८४ युरो ,कास्की सेवा समाज १ हजार ५ सय युरो,प्रबासी नेपाली मन्च १ हजार ३ सय युरो,नेपाली जनसम्पर्क समितिले १ हजार २ सय ५० युरो संकलन गरेका छन्।

यस्तै नेपाली जनप्रगतिशील मन्च स्पेनले १ हजार २ सय ५० युरो, स्याङ्जा सहयोग समाज १ हजार २ सय १० युरो, नेवा: समाज स्पेन १ हजार १ सय ३१ युरो, कृष्ण गुरुङ (नेपालीनेपाली डटकम मार्फत) १ हजार ५० युरो, चितवन समाज ८ सय युरो,पुर्वेली नेपाली एकता समाज ५ सय युरो र म्याग्दी समाज ४ सय युरो,अन्तरास्ट्रिय कलाकार समाज स्पेन ३०१ युरो,न्युज(सहकारी) ३०० युरो संकलन गरेको जनाएका छन्।

संघका अध्यक्ष  संयोजक रहने गरि गठन गरिएको राहतकोषमा आईसीसी सदस्य,कार्यसमितिका सदस्यहरु लगायत स्पेन स्थित संघसस्थाका अध्यक्षहरु पदेन सदस्यहरु रहेका छन् ।

10660334_620153734788427_5114228649122119339_n

संकलित रकम गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको संयोजकत्वमा गठित भूकम्पपिडीत राहत सहयोग समितिमा पठाईने भएको छ। जसमा गैरआवासीय नेपाली संघका सवै राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा सवै अन्तराष्ट्रिय समन्वय परिषद् सदस्य रहनेगरी तीन सय सदस्यीय समिति गठन गरिएको छ ।

संकलित रकम सरकारी कोषमा दाखिल नगरी बिभिन्न संस्थाहरुसंगको समन्वयमा सिधै पिडीतसमक्ष पुग्ने ब्यबस्था गरिने जनाइएको छ । संकलित रकमलाई कुनै दुरूपयोग हुन नदीई वास्तविक पिडीतसमक्ष पुर्‍याउने एनआरएनले प्रतिबद्धता जनाएको छ ।

11165864_959383624095798_2112482224_n