एन आर एन डेनमार्कले सहयोग अभियान थाल्यो


एन आर एन डेनमार्कको हालै अापतकालिन बैठक वसी गरिएको निर्णय अनुसार अाज विहान नेपालमा गएको विनाशकारी महाभुकम्पबाट व्यापक रुपमा जनधनको क्षति हुन गएकोमा गैरअावासीय नेपाली संघ, डेनमार्क गहिरो दुःख प्रकट गरेको छ ।

यस राष्ट्रिय संकटको अवस्थामा भौतिक रुपमा उपस्थित भएर उद्धार तथा राहत कार्यमा सहयोग गर्न नसके पनि अार्थिक रुपमा केहि सहयोग होस भन्ने उदेश्यले गैरअावासीय नेपाली संघ, डेनमार्कको कार्यसमितीको तर्फबाट तत्कालै एकलाख (१०००००) रुपैया सहयोगको घोषणा गरेको अध्यक्ष दिपक सापकोटाले बताए ।

यसै गरी सम्पूर्ण डेनमार्क वासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरु लगायत डेनमार्कमा अवस्थित विभिन्न संघ संस्थाहरुमा सहयोगका लागि हार्दिक अनुरोध समेत गरेको छ । सहयोग गर्न चाहनुहुने महानुभावहरु तथा संस्थाले गैरअावासीय नेपाली संघ, डेनमार्कको निम्न खातामा सहयोग रकम जम्मा गर्नुहुन हार्दिक अनुरोध समेत गरेको छ । साथै रकम जम्मा गर्दा अाफ्नो नाम पनि खुलाईदिनु हुन पनि अनुरोध गर्दै सहयोग महानुभावहरु तथा संस्थाको विवरण क्रमश सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै जाने एन आर डेनमार्कका महासचिव विरेन्द्र सिंह कार्कीले बताए । सहयोग रकम आउन शुरु भइ सकेको बताइएको छ । सहयोग गर्न चाहने महानुभावहरुले निम्न बैंक खाता विवरणमा सहयोग गर्न सक्ने छन ।

Non-Resident Nepali Association:
Nordea Bank
Reg no. 2128
Acc. no.4387231264