एनआरएनए स्पेनको आपतकालिन बैठक बस्ने बारे सुचना


गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन आज नेपालमा भूकम्प बाट हुन गएको अकल्पनिय ठुलो मानबिय क्षति तथा ठुलो मात्रामा भएको भौतिक धनजनको क्षतिले स्तब्ध भएको छ । एतिहासिक संस्कृतिका धरोहरहरु मठ ,मन्दिर उजाड बनाउदै अनगिन्ती घाईतेहरुलाई जिबनभरिको चोट दिदै राजधानी लगाएत देशको बिभिन्न ठाउमा गएको महा भूकम्पले पुराएको अपुरणिय क्षती प्रति एन आर एन स्पेन गहिरो दुख ब्यक्त गर्दछ ।

दिबंगत आत्माहरु प्रती गहिरो समबेदना प्रकट गर्दै उहॉहरुको प्यारो परिवार प्रति स्वदेश तथा बिदेशमा भक्कानिदै भाब बिभोर हुदै आफ्नो परिवार संग सम्पर्क बिहिन अवस्थामा बस्नु भएका दाजु भाई तथा दिदि बाहिनीहरुलाई हरुलाई इश्वरले धैर्य धारण गर्ने शक्ती प्रदान गरुन भन्ने कामना गर्दछ । प्रकृतिको यो निर्दयी प्रहारले हामी सबैलाई रुवाएको त छदैछ यो दुखद घडीमा हामीले अस्पतालमा छटपटाई रहनुभएका बिरामीहरु तथा असामान्य परिस्थितिमा गुज्रिरहनुभएका पिडितहरुको घॉउमा जति सक्दो मलम लगाउनु अपरिहार्य भएको छ ।

यहि बिषम परिस्थितीलाई मध्यनजर गर्दै गैर्ह आवासीय नेपाली संघ स्पेनले आपतकालिन बैठकको सुचना जारी गर्दै कसरी सहयोग जुटाउने ,सहयोग वितरण कुन आधारमा कसरी गर्ने साथै अन्तराष्ट्रिय समन्वय परिषदबाट गरिएको आपतकालिन बैठक ,उद्धार टोली र अपिललाई समेत ध्यानाकर्षण गर्दै सोही गम्भिर बिषयमा छलफल गर्न र निष्कर्ष निकाल्नको लागि निम्न , मिति ,समय र स्थानमा सम्पूर्ण कार्यसमितीका पदाधिकारी ज्युहरु ,पदेन सदस्य ज्यु हरु ,संघ सस्थाका अध्यक्ष ज्यु हरु कलाकार साथीहरु ,पत्रकार साथीहरुलाई आपतकालिन बैठकमा उपस्थित हुन हार्दिक अपिल गर्दछ ।

मिति :२०१५ अप्रिल २६ आइतबार समय : बिहान ११ बजे
स्थान : C/ Rosello 425 (SAGRADA FAMILIA को चाईनिजको बार )
सन्तोष श्रेष्ठ
प्रबक्ता एन आर एन ए स्पेन
२५ अप्रिल २०१५
बोधार्थ
जन सम्पर्क समिति स्पेन
नेपाली प्रबाशी मंच स्पेन
नेपाली जनप्रगतिसिल मंच स्पेन
प्रगतिसिल मंच स्पेन
तमु समाज स्पेन
चितवन समाज स्पेन
मगर समाज स्पेन
नेवा: समाज स्पेन
म्याग्दी समाज स्पेन
अंतराष्ट्रिय कलाकार मंच स्पेन
अन्तराष्ट्रिय कलाकार समाज स्पेन
गल्कोट समाज स्पेन
स्यांड्जा सहयोग समाज स्पेन
कास्की सेवा समाज स्पेन
पुर्बेली एकता समाज
शेर्पा संघ
उत्पिडित संघ
रेडियो स्पेन नेपाल spainkhabar.com, nepaliwave.com, nepalinepali.com, merojilla.com