युनाइटेड क्लव छैठौ वर्षमा प्रवेश


युनाइटेड क्लव छैठौ वर्षमा प्रवेश

– राजाराम पौडेल

पोखरा /

युनाइटेड क्लव पोखराले आफ्नो पांचौ वार्षिकोत्सव मनाएको छ । युवाको जांगर राष्ट्र निर्माणको आधार भन्ने मुल नाराका साथ पोखरामा अन्तराष्ट्रिय स्तरको चिडियाखाना निर्माण गर्ने उद्देश्यले स्थापना भएको क्लवको वार्षिकोत्सवको उद्घाटन गर्दै वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक केशव वहादुर बस्नेतले युनाइटेड क्लवले गैरनाफामुखी काम गर्दै सामाजिक काममा अगाडी वढेको वताए ।

पोखरामा रहेका अन्य क्लवहरुभन्दा फरक शैलीमा अगाडी वढेको क्लवले सामाजिक क्रियाकलापमा आफुलाई अगाडी वढाउन सफल भएको वताउदै बस्नेतले पोखरामा अन्तराष्ट्रिय स्तरको चिडियाखाना निर्माणमा अगाडी वढेको क्लवलाई अन्य संघ सस्थाहरुले सहयोग गर्दै क्लवको अनुसरण गरेर अगाडी वढ्न समेत उनले आग्रह गरे ।

त्यसैगरी आफ्नो क्षेत्रमा रहेका सामाजिक बिकृति बिसंगतिहरुलाई हटाउनका लागी प्रहरीमात्रैले नसक्ने वताउदै त्यसमा समेत क्लव र आसपासमा रहेका क्लव, संघ सस्था, आमा समुहहरु, टोल बिकास सस्थाहरुले सहयोग गर्नुपर्नेमा समेत बस्नेतले जोड दिए ।

कार्यक्रममा वोल्दै वडा समन्वय समिति वडा नम्बर १० का अध्यक्ष समर बहादुर श्रेष्ठले युनाइटेड क्लवले छोटो समयमा सामाजिक क्रियाकलापहरु मार्फत पोखरामा मात्र नभइ राष्ट्रमानै आफुलाई अग्रणी स्थान तर्फ उन्मुख गराइरहेको वताउदै आगामी दिनमा पनि त्यस्ता क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरे ।

सेती वारि पोखरामानै पहिलो पटक महोत्सवको आयोजना गरी महोत्सवको आम्दानीबाट विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै विभिन्न वडामा रहेका वडा वासीहरुलाई सामाजिक काममा अग्रसरता गराउनमा क्लवको मुख्य भुमिका रहेको उनको भनाइ रहेको थियो ।

यसैविच कार्यक्रममा क्लवले भर्खरै सम्पन्न गरेको पांचौ पोखरा महोत्सवको आयब्याय सार्वजनिक गरिएको छ । कार्यक्रममा कोषाध्यक्ष राजु श्रेष्ठले पांचौ पोखरा महोत्सवबाट २९ लाख ८ हजार ९ सय २० रुपैया बचत भएको वताए ।

महोत्सवको कुल आम्दानी ७३ लाख ५४ हजार ४ सय ६० र खर्च ४४ लाख ४५ हजार ५ सय ४० खर्च भइ २९ लाख ८ हजार ९ सय २० रुपैया बचत भएको वताए । वचत भएको रकम मध्ये स्वास्थय, शिक्षा, खेलकुद र पोखरामा नया पर्यटकिय गन्तब्य स्थल चिडियाखाना निर्माणका लागी प्रत्येक क्षेत्रमा २० प्रतिशतका दरले खर्च गरिने श्रेष्ठले वताए ।

क्लवका अध्यक्ष हिमालय बख्रेलले पांचौ वर्ष सम्म आइपुग्दा आफुहरुले पोखरामा नया पर्यटकिय गन्तब्य चिडियाखाना निर्माणको संघारमा आइपुगेको वताए । पांचौ बसन्त सम्म आइपुग्दा विभिन्न बाधा ब्यवधानहरु आइपरेतापनि आफुहरुले विशुद्ध सामाजिक क्रियाकलापमा खर्च गर्दै आइरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता समेत ब्यक्त गरे ।

कार्यक्रम संयोजक क्लवका अध्यक्ष शुकवहादुर गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा क्लवका सचिव लालकाजी गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए ।