बार्सिलोनामा सांगीतिक धमाका हुदै, युरोप संयोजक श्रेष्ठ आउने


बार्सिलोना/

सुन्दर शहर बार्सिलोनामा स्थानीय नेपाली कलाकारहरुले बेजोड सांगीतिक प्रस्तुती राख्ने भएका छन्। आगामी मे ३ तारिक हुने कार्यक्रमलाई सांगीतिक धमाका २०१५ को नाम दिदै कलाकारहरुले मनोरन्जन दिने भएका हुन्।

बिशेष सास्कृतिक कार्यक्रममा बालबालिकाहरुको नृत्य,रास्ट्रिय गित,लोक तथा दोहोरि नृत्य,गायन,कमीडी लगायत गायक गायिकाहरुको आवाजमा लोकप्रिय गित संगीतहरु सुन्न सकिने भएको छ।

स्थानीय मिडिया नेपालीनेपाली डटको बार्षिकउत्सबको अबसरमा आयोजनामा हुन लागेको कार्यक्रममा स्पेन स्थित संघ सस्था लगायत नेपाली समुदायको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आबसिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ बार्सिलोना आउने भएका छन्। यस्तै बेलायत, बेल्जियम र डेनमार्कबाट पनि पत्रकारहरुको उपस्थिति रहने भएको छ।

कार्यक्रम सम्पन्न गर्नको लागि बिभिन्न तयारी उपसमितिहरु पनि गठन गरेको छ। सास्कृतिक तथा मनोरन्जन उपसमितिको संयोजकमा हेमन्तरानाभाट, उपसंयोजक सुनिल रानाभाट,मन्च ब्यबस्थापन तथा ब्याच बितरणको लागि संयोजक शितल भुर्तेल भुसाल, उपसंयोजक शर्मिला सुबेदी,प्राबधिक तथा सम्पादन उपसमितिमा संयोजक लक्ष्मण शर्मा र उपसंयोजकको जिम्मेबारी नरेश कार्कीले लिएका छन्।

यस्तै प्रचारप्रसार उपसमिति संयोजकमा बिशाल ढुंगाना, उपसंयोजक हिरालाल सापकोटा ‘डायमण्ड’ र स्वयंसेवक परिचालन उपसमितिमा संयोजक महेन्द्र चापागाई,उपसंयोजक हिमाल शर्मालाई जिम्मेबारी बाडफाड गरिएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ,बेलायत शाखा,युरोप शाखा,बिभिन्न राजनीतिक दलका नेताहरु,एनआरएनका अभिन्यताहरु,कलाकार,पेशागतसंगठन,मानबअधिकारकर्मी,समाजसेबीहरु लगायतले दिएको शुभकामनालाई पनि प्रस्तुत गरिने भएको छ।

बर्ष व्यक्तित्व सम्मान कार्यक्रम

स्थानीय मिडियाले बार्षिकउत्सबको अबसरमा गर्न लागेको कार्यक्रममा एनआरएनए, बिभिन्न संघ सस्थाबाट १ जना र कलाकारहरुबाट १ जना जनालाई छनोट गरि बर्ष व्यक्तित्व सम्मान २०१५ बाट सम्मान गरिने भएको छ। यस बर्षबाट शुरुवात गरिएको सम्मान कार्यक्रम प्रत्येक बर्ष आयोजना गरिने भएको छ।

यसै बीच सम्मानित व्यक्तित्वको जीवनी सहित भिडियो तयार गरिने भएको छ। छनोटका लागि गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद् सदस्य दिपक खरेल,नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिब प्रकाश ढकाल लगायत प्रधान सम्पादक पदेन सदस्य बसन्त रानाभाट रहने गरि छनोट समिति गठन भएको छ।