स्पेनको कोस्टा ब्लान्का क्षेत्रका नेपालीहरु नयाँ बर्षमा रमाए


बार्सिलोना/
नेपालीहरुको बाक्लो बसाई रहेको युरोपियन मुलुक स्पेनका बिभिन्न शहरहरुमा नयाँ बर्ष मनाईरहदा कोस्टा ब्लान्का क्षेत्रमा रहेका नेपालीहरुले पनि शुभकामाना आदानप्रदान कार्यक्रमको आयोजना गरि मनाएका छन्।

बिबिध साँस्कृतिक कार्यक्रम सहित नेपाल स्पेन समाजले आयोजना गरेको कार्यक्रममा नेपालीहरु रमाउदै नयाँ बर्षको स्वागत गरेका हुन्।

कार्यक्रममा दिया बिष्ट, सिद्विका गुरुङ, मनसुन पोख्रेल, रेबेका श्रेष्ठ र एलिशा ढुंगाना अनुपा ढुंगाना, अपेक्षा ढुंगाना, एलिशा लामिछाने, कृपा पौडेल, कृष्ण खत्री, सिद्वान्त गुरुङ्ग न्यारी सापकोटा दिवाकर गुरुङ, श्रीभक्त पौडेल लगायतले नृत्य,गायन,गजल प्रस्तुत गर्दै मनोरन्जन दिएका थिए।

11112325_10204257560703279_7519760245691947399_o

समाजका समाजका अध्यक्ष लाल बहादुर केसीले कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिति रहेकोमा खुशी ब्यक्त गरेका छन्। उनले भने ” होटल ब्यबस्थापनका कारण कार्यक्रम केहि ढिला भयो तर आगामी दिनमा सुधार्ने छौ। मौका मिले आगामी बर्ष नेपाली चर्चित कलाकारहरुलाई उपस्थित गराएर कार्यक्रमलाई अझ लोकप्रिय बनाउने सोच बनाएका छौ।

समाजले आफ्नो स्थापना काल सन् २००९ देखि नै औपचारीक अनौपचारीक रुपमा कार्यक्रमहरु गर्दै आएको छ।

11096519_10204257691426547_6259377550747645234_o

समाजका अध्यक्ष केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको चर्चित कलाकार प्रकाश तिवारीले गित संगीत प्रस्तुत गर्दै मनोरन्जनात्मक रुपमा संचालन गरेका थिए।

तस्विर सौजन्य:- प्रकाश तिवारी

11146203_10204257696266668_5479631588997239_n