स्पेनमा नयाँ बर्ष शुभकामना तथा साँस्कृतिक कार्यक्रम सम्पन्न ( फोटो फिचर सहित)


बार्सिलोना /

नेपाली जनसम्पर्क समिति स्पेनले नयाँ बर्ष २०७२ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
हरेक बर्ष समितिले आयोजना गर्दै आएको कार्यक्रम यस बर्ष पनि नेपाली समुदायको बाक्लो उपस्थितिमा सम्पन्न गरेको हो।

नेपाली सांगीतिक बजारमा निकै चर्चा कमाएको रेशम फिलिलि गीत नै कार्यक्रमको मुख्य आकर्षण बन्न पुगेको थियो।  पारी त्यो डाँडामा हेर, घाम लाग्यो घमाईलो। लाग्यो मलाई रमाईलो, तिमी र म घुम्न जाऊ न। अनि घामले मलाई सताउला, काली मलाई बनाउला,तिमी पिरतीको छाता ओढाउन भन्दै साना-साना बालबालिकाहरुले नृत्य गर्दा दर्शकहरु निकै रमाएका थिए।

New Year Eve Barcelona 2072 069

साथै कार्यक्रममा सृष्टी कार्की,सुष्मिता गिरी,दिव्या भण्डारी,सोनिया खत्री,बिनोद कटुवाल,सन्जु मास्के,नुरिया अवाले,साङ्गे शेर्पा,नरेश कार्की,सपना कार्की लगायतका स्थानीय कलाकारहरुले बेजोड साँगितिक प्रस्तुती राखेका थिए। सुबास बहादुर बिष्टले निकै रोचक ढंगले साँस्कृतिक कार्यक्रमको संचालन गरेका थिए।

समितिका पुर्ब अध्यक्ष एबम् एनआरएनए अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यता भएको पहिलो चरणको औपचारिक कार्यक्रममा बिभिन्न संघसस्थाका बक्ताहरुले समुदायको हितको लागि मिलेर जानुको बिकल्प नभएको बताएका छन्।

शुभकामना साटासाट गर्दै संघ सस्थाका प्रतिनिधिहरुले नेपाली समाजलाई सुधार्नको लागि सबै सच्चिएर हिड्नु पर्नेमा जोड दिएका हुन्।

New Year Eve Barcelona 2072 018

नेपालबाट आएका पत्रकार किरण मरहठ्ठा बिशेष अथितिको रुपमा रहेको कार्यक्रममा प्रबासी नेपाली मंच स्पेनका अध्यक्ष दिनेश गुरुङ,नेपाली जनप्रगतीशिल मंच ( एमाओबादी) महासचिब गंगा भुसाल, नेपाली जनप्रगतीशिल मंच ( माओबादी) अध्यक्ष ईश्वर शर्मा लगायतले बोलेका थिए।

यस्तै अथितिको रुपमा बिभिन्न संघसस्थाहरुबाट ज्योती गुरुङ,राजु शमशेर थापा,राजु थापा,बिमल गुरुङ,निलु अवाले,लक्ष्मण शर्मा,कमल अधिकारी,डायमण्ड सापकोटा,हेमन्त रानाभाट,भोला लामिछाने,राजेन्द्र कडेल,बिजय शर्मा दर्पण लगायतले आ- आफ्नो बिचार प्रस्तुत गरे।

कार्यक्रममा नेपाली पाठशालामा अध्यापन गराउदै आएकी शिक्षिका केशरी श्रेष्ठ नेम्कुल र समितिको स्थापना काल देखि सघाउदै आएको भन्दै गिता कंडेललाई सम्मान समेत गरिएको थियो।

New Year Eve Barcelona 2072 064

कार्यक्रमका संयोजक तथा समतिका उपाध्यक्ष बिष्णु रिजालले नयाँ बर्षको कार्यक्रम सफल पार्न सघाउने नेपाली समुदाय प्रति धन्यबाद ब्यक्त गरेका छन्। उनले नेपालीनेपाली डटकमलाई भने,”नेपाली समुदायको सहभागिता देखेर आगामी दिनमा अझ राम्रा कार्यक्रमहरु लिएर आउन प्रेरेणा मिलेको छ।”

समितका अध्यक्ष शालिकराम डुम्रेको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमको संचालन समितिका सदस्य सन्तोष श्रेष्ठले गरेका थिए।

तस्बिर:- नरेश जंग कार्की

New Year Eve Barcelona 2072 065