नेयमार,जावी,पिकेले पाए ढाका टोपी, नेपाल जान ईच्छुक


– वसन्त रानाभाट
बार्सिलोना/बिश्वका चर्चित फुटवल खेलाडीहरूले नेपाली ढाका टोपी लगाउँदै नेपाल अाउने इच्छा देखाएका छन्  । बार्सिलोनाको फुटबल क्लवबारे बनाउन लागेको वृत्तचित्रका लागि कुरा गर्दै बार्सिलोनाका खेलाडीहरुले नेपाल आउने इच्छा ब्यक्त गरेका हुन् ।

कप्तान जावी हर्नान्डेज, ब्राजिलबाट विश्वकप फुटवलमा खेलेका चर्चित स्ट्राइकर नेयमार तथा जेरार्ड पिकेले नेपाल आउने इच्छा देखाएका हुन् । कप्तान जावीले आफू एक दिन नेपाल जाने बताए । बृतचित्रलाई दिइएको अन्तरर्वार्र्तामा जावीले भने- “हेल्लो नेपाल, बार्सालाई माया गर्दै गर्नु होला- म एक दिन अवश्य नेपाल आउने छु ।”

एउटा फुटबल खेलाडीले जित्नु पर्ने सबै ट्रफी जित्दा तपाईलाई कस्तो लागेको छ ? भन्ने प्रश्नमा उनले भने, ‘हामीले गरेको कडा मेहनत र परिश्रमले नै सफलता हात परेको छ ।’ यस्तै डिफेन्डर जेरार्ड पिकेले यो सिजनमा बार्सिलोनाले सबै टाईटल जित्नेमा आफू विश्वस्त रहेको बताए ।

भिडियो अन्तरबार्तामा उनले आफू पनि नेपाल जान ईच्छुक रहेको बताए । यस्तै ब्राजिलका चर्चित खेलाडी नेयमारले पनि ‘हेल्लो नेपाल’ भन्दै एक दिन नेपाल टेक्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

बार्साका खेलाडीलाई नेपाली ढाका टोपी

बार्सिलोना फुटबल क्लबबारे डकुमेन्ट्री बनाउन स्पेन आएका पत्रकार किरण मरहठ्ठाले खेलाडीहरुलाई भेट गरी उपहार स्वरूप ढाका टोपी लगाइदिए ।
क्लबका कप्तान जावी हर्नान्डेज, नेयमार, जेरार्ड पिके, र्याकिटिक लगायतका खेलाडीहरुलाई मायाको चिनो स्वरूप ढाका टोपी प्रदान गर्दै नेपाल भ्रमणको निम्तो पनि दिए ।

11130376_1050554258307437_450699406_n

बार्सिलोना फुटबल क्लबकै निमन्त्रणामा नाउ क्याम्पमा आएका मरहठ्ठाले क्लबका प्रेसिडेन्ट जोसे मारियो बर्तमाउसँग पनि डकुमेन्ट्रीका लागि अन्तरवार्ता लिए । जोसेले ब्यबसायिक रुपमा भन्दा पनि सामाजिक प्रतिष्ठाको नीति क्लबले लिएको उल्लेख गरे । लिओनल मेस्सी जस्ता खेलाडीहरु क्लबमा हुनु नै आफूहरु उत्कृष्ट भएको उनले बताए ।

बार्सिलोना क्लबबारे डकुमेन्ट्री बन्ने

विश्वकै चर्चित फुटवल क्लव बार्सिलोनाबारे डकुमेन्टी निर्माण गरिने भएको छ । पत्रकार मरहठ्ठाका अनुसार क्लबको प्रेस हेडसँग निरन्तर चार वर्षको सम्पर्कपछि मात्र आफूलाई आमन्त्रण गरेको बताए ।

उनले भने, “झन्डै ३ वर्ष जति क्लबले मेरो प्रस्ताव अस्विकार गर्यो तर डकुमेन्ट्रीका लागि मात्र भन्दै करिब ४ वर्ष पुग्न लाग्दा स्विकार गरेको हो ।

11136788_1050554254974104_287323238_n

उनले करिब २ हप्ता नाउ क्याम्पमा पुगेर ट्रेनिङ्ग सेन्टर, लामासिया एकेडेमीका दृश्यहरु पनि खिचेका छन् । शुरुवातमा सोही एकेडेमीबाट नै मेस्सीलाई प्रशिक्षण समेत दिईएको थियो ।

मे महिनाको अन्तिम सम्म डकुमेन्ट्री तयार भई सक्ने पत्रकार मरहठ्ठाले बताए । मरहठ्ठा नेपालको एबिसी टेलिभिजनमा कार्यरत छन् ।