नयाँ बर्षको सास्कृतिक साँझमा रमाउन जनसम्पर्क समिति स्पेनको अनुरोध


नेपाली जनसम्पर्क समिति स्पेनले नेपाली नयाँ बर्ष २०७२ को पावन अवसरमा बार्सिलोनामा शुभकामना आदानप्रदान तथा बिबिध सास्कृतिक साँझ २०७२ को आयोजना गर्ने तयारि पुरा गरिसकेको छ।

समितिको पूर्ब निर्णय अनुसार कार्यक्रम सफल पार्नकोको लागि समितिका उपाध्यक्ष बिष्णु रिजाललाई संयोजक तोकेको छ।

यस्तै सास्कृतिक कार्यक्रमको संयोजन गर्न सास्कृतिक समिति तथा कार्यसमितिका सदस्य सुबाश बहादुर बिष्ट, स्वयंसेवक तथा मंच ब्यबस्थापनमा सदस्य हिरालाल सापकोटा डायमण्ड लगायत इन्द्र प्रसाद शर्मा , राम सापकोटा उमेश प्रसाद अधिकारीलाई बिभिन्न जिम्मेबारी तोकेको छ।

भर्खर मात्र १ अप्रिलमा ,नेपाली कांग्रेसका युबा नेता तथा सभासद श्री धनराज गुरुङ ज्यु सँग नेपालको संबिधान निर्माण मा युबाहरुको भूमिका बारे खुला अन्तरक्रिया आयोजना गरेको समितिले यस बर्ष पनि पुन: नयाँ बर्षको कार्यक्रम गर्न लागेकोले कार्यक्रमलाई सफल पार्न एबं भरपुर मनोरंजन लिन सम्पूर्ण स्पेनबासी नेपाली दाजुभाइ दिदि बहिनीहरुलाई समितिले बिनम्र अनुरोध गरेको छ।

कार्यक्रम बारे पूर्ण बिबरण
मिति:– १२ अप्रिल,आईतबार २०१५
स्थान:- Calle Sicilia को हल ३२१
समय :- अपरान्ह ४.३० बजे

मेट्रो L5 / L2 sagrada familia र L4 jonic

आयोजक- नेपाली जनसम्पर्क समिति, स्पेन
नोट- जनसम्पर्क समिति स्पेनबाट पाप्त सुचना जस्ताको तस्तै प्रकाशित