डेनमार्क डबलीको अर्को जमर्को


 कोपनहेगन /

डेनमार्कमा केहि  नेपाली सामाजिक अभियान्ताहरुले शुरु गरेको डबली कार्यक्रम तेस्रो चरण सम्म आइ पुग्दा यसले मनोरंजन देखि समुदायको चासो र जिज्ञासालाइ समेत सम्बोधन गर्ने गरी कार्यक्रम आयोजना गरेको छ । यस अघीका दुइ कार्यक्रम मनोरंजनका साथै कबिता, मुक्तक, प्रहसन, गीत-निर्त्य प्रश्तुति, गजल, तुक्का आदि मार्फत मनोरंजन दिएको डबलीले यसपाली भने केहि सामाजिक दायित्व समेत पुरा गरेको छ । यस तेस्रो डबलीलाइ ‘संवाद डबली’ नाम दिइएको थियो

नेपाली राजदुतावास डेनमार्क र गैर आवासिय नेपाली सँघ डेनमार्क लाई सहभागी गराई  डेनमार्क डबलीको तेश्रो भागको रुपमा आएको “अभिभावकत्व : समस्या, चुनौती र समाधानका उपायहरु” बिषयक कार्यक्रम सपन्न भएको छ | कार्यक्रममा डेनमार्कमा रहेका नेपाली हरुको उपस्थिति रहेको थियो भने उपस्थितहरुले नेपाली दुताबास र गैर आवासिय नेपाली सँघ डेनमार्क लाई विभिन्न प्रश्न हरु गरेका थिए |

एक प्रश्नको उत्तरमा डेनमार्कका लागि नेपाली राजदुत मुक्तिनाथ भट्टले कोपनहेगन स्थित नेपाली दुताबासको फोन नउठने , र डोरबेल बज्दा पनि ढोका नखुल्ने समस्या आफुलाई अबगत भएको र यसमा भबिस्यमा आफुले सुधार गर्ने बताउनु भयो | एम आर पि सम्बन्धी समस्याहरुको समाधान गर्दै राजदुतावासका प्रतिनिधि द्वितिय सचिव प्रकाश अधिकारीले सक्कल नगरिकता बिना एम आर पि जारीनै गर्न कानुनले रोकेको हुदा सक्कल नागरिकता आफुसंगै राख्न सबैलाई अनुरोध गरे | आर्थिक सम्बन्धमा उठेका प्रश्न हरुको जवाफ दिदै प्रथम सचिव रामकाजी खड्काले डेनमार्कमा सबै आर्थिक क्रियाकलाप नियम संगत नै भएको जानकारी दिए ।यसैमा केहि थप्दै राजदुत भट्टले यदी नियम बाहेक अन्य कुराहरुमा खर्च भएको र दुतावासमा कुनै भ्रष्टाचार भएको प्रमाण कसैले जुटाउन सक्छ भने आफु जे सजाय भोग्न पनि तयार रहेको बताए ।

सहभागी मध्यका एक राधाकृष्ण सापकोटाले डेनमडेनमार्कमा कति नेपालीहरु रहेका छन् तपाई भन्न सक्नुहुन्छ भन्ने  प्रश्नमा राजदुत भट्टले अनभिज्ञता प्रकट गरेका थिए । डेनमार्क नेपाल डट नेट नामक वेबसाइटका  संचालक शशि श्रेष्ठले त्यस लगत्तै सो वेबसाइटमा गएर सबै व्यक्तिले आफनो नाम दर्ता गर्न सक्ने बताएका थिए ।

गैर आवासिय नेपाली सँघ डेनमार्क संग सम्बन्धित प्रश्न हरुको उत्तर दिदै कार्यबाहक अध्यक्ष दिपेन्द्र श्रेष्ठ र महासचिब बिरेन्द्र कार्कीले एन आर एन डेनमार्कले विविध कार्यहरु गर्दै आए पनि त्यो पूर्ण नभएको र जतिसुकै काम गरेता पनि नेपाल हाउस र नेपाली कल्चरल सेन्टर बारे कुनै उपलब्धी हासिल गर्न नसकेको र सो बिषय अझै अन्योल रहेको जानकारी दिएका थिए |

डेनमार्क डबलीको तेश्रो भागलाई मन्डला अनलाईन रेडियोले प्रत्यक्ष प्रशारण गरेको थियो । कोपनहेगन स्थित नेपाली दुतासासले डेनमार्कका साथै फिनल्याण्ड, स्विडेन तथा नर्वै समेत हेर्ने भएकाले सो देशहरु बाट पनि प्रश्न हरु आएको जानकारी डेनमार्क डबलीका डवली अभियन्ता प्रभात किरणले दिए | कार्यक्रम को संचालन मन्डला अनलाईन रेडियोका प्रस्तोता अजित देवकोटा गरेका थिए भने कार्यक्रमको लागि स्थान नमस्ते नेपाल रेस्टुरेन्ट एन्ड क्याफेका प्रवन्ध निर्दैशक ववी क्षेत्रिले उपलब्ध गराएका थिए |

तस्वीर स्रोत: डेनमार्क डबलीको फेसबुक पेज