स्पेनका नेपाली फुटबलमा मस्त,उपाधि स्याङ्जा समाजलाई ( फोटो फिचर सहित)


बार्सिलोना/
स्पेनका दुई महारथी फुटबल क्लब रियल मड्रिड र बार्सिलोनाको झझल्को छिमेकी जिल्लाहरु स्याङ्जा र कास्की समाजबाट प्रतिनिधित्व गरेका खेलाडीहरु दिएका छन्।
स्याङ्जा सहयोग समाज स्पेन र कास्की सेबा समाज बीच फाईनलमा गोल रहित भए पछि खेल टाइब्रेकर पुग्दै निकै रोमाञ्चक बनेको हो।

स्याङ्जा सहयोग समाज स्पेनले आयोजना गरेको प्रथम बुद्द जयन्ती कप फुटबल प्रतियोगिता अन्तत टाइब्रेकरमा कास्कीलाई २- १ ले हराउदै उपाधि हात पार्यो।
खेल हेर्न पुगेका अभिभाबकहरुले आफ्ना बालबालिकाहरुलाई निकै हौसाला दिएका थिए। प्रतियोगितामा नेपाली पाठशालाको टोलिलाई हराउदै तमु समाज स्पेनले तेस्रो स्थान हासिल गरेको छ।

बिजेता टिमका खेलाडी आजीव कार्की उत्कृष्ट र नेपाली पाठशालाका निकित पोख्ररेल अनुशासित खेलाडी घोषित भए। बिजेता टिम तथा खेलाडीहरुलाई ट्रफी,मेडल तथा प्रमाणपत्र प्रदान गर्दै पुरस्कृत गरिएको थियो।

1505424_439642076211367_4484982604361325902_n

गोपाल डुम्रेको कप्तानीमा उत्रेको बिजेता घरेलु टोलीमा,आजीव कार्की, बिनित खनाल,आशिष सापकोटा,संयन पाठक,सुजन मल्ल,बसन्त थापा र रोशन गुरुङ सहभागी थिए।

उपविजेता समुह कास्की सेवा समाजका परिवेश केसी,कुशल लामिछाने,बिजय कुमाल,दिनेश भण्डारी,सुजल भण्डारी,करण ढुंगाना,अनिल भण्डारी,अतित कार्की र किरण ढुंगानाको खेलबाट दर्शकहरुको मन जितेको थियो।

स्पेनमा बसोबास गर्दै आएका १५ बर्ष मुनिका नेपाली खेलाडीहरु बीच प्रतिस्पर्धा गरिएको प्रतियोगिता निकै उत्कृष्ट बन्न सफल भयो। स्थानीय क्लबमा आबद्द भई खेल खेलिरहेका केहि बालबालिकाहरु पनि  प्रतियोगितामा सामेल भएकोले पनि प्रतिस्पर्धा कडा बनेको हो।

11115597_872565676115107_4973148157916002233_n

समाजका उपाध्यक्ष हेमन्त रानाभाटले प्रतियोगिता आफुहरुले सोचे भन्दा पनि राम्रो भएको प्रतिक्रिया दिएका छन्। उनले नेपालीनेपाली डटकम सँग कुराकानी गर्दै भने,” पुरा समय बच्चाहरुलाई मात्र छुट्टाएर प्रतियोगीता आयोजना गरिएकोले पनि उनीहरु निकै रमाए, एक अर्का बीच घुलमिल गराउन सकियो त्यही नै हाम्रो उदेश्य पनि हो।”

स्पेनमा भर्खर मात्र स्थापना भए पनि समाजले अन्य समाजिक कार्यमा पनि जुट्न सफल भएको छ। केहि दिन अघि मात्र रकम अभावले उपाचारबाट बन्चित मोहन कुमार खत्री र सुरेश श्रेष्ठको उपचार लागि सभासद धनराज गुरुङ मार्फत समाजले ३० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो।

11017223_439642239544684_6121342942422342142_n

10402047_10152697755290458_1439457257437971490_nनेपाली पाठशालाका अनुशासित खेलाडी निकित पोख्ररेल