स्वार्थ लुकेको जीन्दगी


– रोजी लाबुङ , राई 

जती पनि  यो पृथ्वीमा बसोबास गर्दछौं हामी सबैमा आ-आफ्नो स्वार्थ लुकेको हुन्छ। कमै छौं होला निस्वार्थ भावना लिई जीवनलाई सावर गर्नेहरु।

सबैमा स्वार्थ भावना समेटीएको छ यो स्वभाबीक पनि हो किन कि मान्छेहरुको प्रवृति नै हो। हामी असन्तुष्टी अनि चेतनशील प्राणी भएको नाताले नै जहाँ हामी सुख सुबिधाहरु पाउछौं जहाँ हामीलाई केहि कुरामा सरल अनि सहज पाउछौं त्यसै तिर हामी आकृष्ट हुने गर्दछौं। यो सबै मानिसहरुमा हुने सामान्य प्रचलन भनौं या बास्तबीक ब्यवहारमा लागु हुने औपचारीक बानी नै हो भन्दा फरक नपर्ला।

तर चेतनशील भएको कारणले कतै हामी चेतना भन्दा ज्यादै बाहिर गईरहेका त छैनौं ? के सीमित नै स्वार्थ लिई अगाडी बढी रहेको छौं ? आफ्नो स्वार्थको लागी कतै कसैको हानी नोक्सानी त गरीरहेको छैनौं ?

अवश्य पनि सबैले यो सोच्नु जरुरी छ यदि हामीहरुले आफ्नो स्वार्थ को लागी कसैलाई हानी नोक्सानी भैरहेको छ या कसैको जीवनमा उताब चढाव भै रहेको छ भने कसैलाई हाम्रो ब्यबहारले दुखी रहेको छ भने यदि उसको ठाँऊमा स्यमं अाफैलाई त्यो समस्या आएको छ भने आफुलाई कस्तो आभाष भएको छ ? अरुलाई पनि त्यस्तै अवश्य भएको छ भन्ने सोच्नु पर्दछ।

हाम्रो गाँऊघर समाजमा शहर बजारमा देश बिदेश सारा संसार भरी नै दिनहुँ जस्तो भयानक घटनाहरु घटीरहेको देखी रहेको छौं। सुनी रहेको छौं, मान्छेहरुले आफ्नो स्वार्थको लागी अनेकौं अमानवीय कार्यहरु गर्न समेत पछि परेका छैनन् सुन्दै असैय हुने बिश्बास गर्न पनि नसकीने दुष्ठ निर्मम समाचारहरु देखीरहेको छौं सुनीरहेको छौं आफ्नै घरपरिबारमा पनि एकआपसमा बिश्बास गर्न नसकीने अवस्था र परीस्थीती सृजना भैरहेको छ हरेक ब्यक्ती ब्यक्तीमा स्वार्थ लुकेको छ आफ्नो ब्यक्तीगत स्वार्थको लागी बाऊले छोराछोरी लाई छोराछोरीले बाऊलाई, आामाले छोराछोरीलाई छोराछोरीले आमालाई दाजुभाई दिदीबैनी पतीपत्नी बिच पनि हत्या हिंम्सा जस्तो जघन्य अपराधहरु भैरहेको।

यो सबै आ-आफ्नो स्वार्थ कै लागी हुने गरेको छ हामी मान्छे किन आफ्नो स्वार्थको लागी यति धेरै निर्दयी निष्प्रेमी बनी रहेको छौं ? हामी सबै मानब समाज ले सोच्नु पर्ने मनन गर्नु अावश्यक छ जस्तो लाग्छ ! यदि हामी सबैले आ-आफ्नो कर्तव्य प्रति सकारात्मक भावना लिई एक आपसमा निस्वार्थ सोच लिई मायालाई आत्मासाथ गर्दै बिस्वास लाई दिगो बनाउदै अगाडी बढ्यौं भने कहिले हाम्रो गाँऊ समाज राष्ट्र अनि संसार भरी यति बिग्घन अमानवीय असहनीय अप्रायसीत घटनाहरु अवश्य घट्टने अनि दिनहुँ दोहोरीने थिएन होला ।

हामी सबै मानब जातीमा निस्वार्थ भावनाको बिकास हुन जरुरी छ जब निस्वार्थ भावना को बिकास हुन्छ तब माया बिश्बास आफसे आफ उत्पन्न हुँदै जान्छ माया बिश्बास भन्ने कुरा सबै आफसेआफ निर्माण हुने आत्मिक झन्कार अनि हृदयको गहिराई भित्र समेटीने निस्वार्थ अदृश्य पवित्र भाब बिश्बास हो पबित्र मायामा जहिलै निस्वार्थ भाब आफै झल्कने गर्दछ।

स्वार्थ मा कहिले माया र बिश्बास उत्पन्न हुदैन जहाँ स्वार्थ छ त्यहाँ जहिलै पनि असुरक्षा झगडा रिस क्रोध अविश्वास बैमानश्यता आदि को बृद्दि हुँदै अन्तमा बिशाक्त बनी चारैतिर प्रष्फुटीत भई संसार भरी फैलन्छ जसरी अहिले संसार नै बिनाशमा धकेल्लीरहेको छ यो सबैमा समेटीएको अदृश्य स्वार्थ भाबको कारण भै रहेको छ।

यो स्बार्थ शब्द सुन्नमा कति सरल छ तर यो शब्दलाई जव कसैले बास्तबीकतामा लागु गर्न थाल्छौ यसैलाई जीवन सँग सामेल गराई यात्रा गर्न तल्लीन रहन्छौं यहि तीन अक्षरले बनेको शब्दसँग हामी सहयात्री बन्छौं यसैलाई हामी जिवनको अमुल्य प्राप्ति ठानेर रमाउन थाल्छौं तव आफ्नो सुख अनि खुसीको लागी जस्तो सुकै अमानवीय जन्जीर जोखिमपुर्ण भयानक हत्या हिंम्सा बलत्कार हरु जस्तो कार्य गर्न पनि पछि पर्दैनौं।

सबै मानब समाजले सोच्नु पर्ने बुझ्नु पर्ने अति आवश्यक कुरा अन्तर्गत पर्दछ जस्तो लाग्छ ! निस्वार्थ सोच बिचार लिएर हामी सबैले अगाडी बढेमा हाम्रो घर गाऊँ सहर बजार समाज राष्ट्र अनि बिश्ब ब्रह्माण्ड नै यस्तो भयानक खतरा बाट जोगीने थियो जस्तो लाग्छ तर सबैले आफ्नो क्षणीक स्वार्थ त्यागी निस्वार्थ भावना लिई अगाडी बढन हाम्रो दैनिक जिवनमा आईपरेका हरेक ब्यवहारहरु लाई बिना स्वार्थ उपयोग गर्न सिक्नु पर्दछ यदि निस्वार्थ भावना अनि बिचारधारा लिई अगाडी बढ्यौं भने हाम्रा अाउने भाबी सन्ततिहरुले पनि हाम्रो दैनिक ब्यवहारहरु देखेर निस्वार्थ बन्ने प्रेरणा मिल्ने छ ! हाम्रा छोरा छोरीको लागी मात्र हैन हाम्रो समाजको लागी पनि आफु नमूना बनेर शिक्षा दिन सक्नु पर्दछ।

अरुलाई शिक्षा दिन पहिले आफुमा त्यो शिक्षाको बारेमा सैदान्तीक ब्यबहारीक पक्षमा निपुर्णता हुन जरुरी छ । असम्भव केही छैन सबै तपाई हामीमा भरपर्ने कुराहरु हो गाऊँ समाज देश अनि बिश्वलाई राम्रो नराम्रो पक्षमा धकेल्नु सबै समाजमा निर्भर छ ! त्यसैले सबैले निस्वार्थ भावना लिई अगाडी बढ्यौं भने घर गाँऊ सहर बजार समाज देश गर्दै बिश्वलाई नै निस्वार्थ भावना परीबर्तन गर्न सकिन्छ ! राम्रो कार्य सुरुवात गर्नको लागी कहिलै अरुको बाटो हेर्नु जरुरत छैन स्यंम आफैले सुरुवात गरेर अरुको लागी नमूना बन्ने कोशिस गर्नु पर्दछ ता कि अरुले हामीबाट असल शिक्षा लिन सकुन् जस्तो लाग्छ।

जिवनयापन गर्नलाई के स्बार्थ नै मात्र अपनाउनु पर्छ र ? यो कदापि हैन निस्वार्थ भाबले हामी सहज सरल जिबन खुसी साथ यापन गर्न सक्छौं बिना संकोच स्वतन्त्र भएर जो ब्यक्ती बढी स्बार्थ को पछि दौडन्छ मलाई लाग्छ त्यो ब्यक्तीलाई कहिले पनि पुर्णरुपले स्वतन्त्रता खुसी र सुख मिल्दैन कारण उ सँधै आफ्नो स्बार्थ को लागी गलत मार्ग खोजी रहेको हुन्छ आफ्नै स्वतन्त्रता को हत्या गरी उ समाज बाट लुकी रहेको हुन्छ छुपी रहेको हुन्छ तर अफसोच उ स्वयंम आफुबाट कहिलै लुक्न छिप्न भाग्न सक्दैन त्यसैले उ आफै देखी आफैलाई आफ्नो स्वतन्त्र जिवनको मार्ग देखी मार्ग हिन लक्षहिन अन्धकार मा धकेली रहेको हुन्छौं।

हामी सबैले बचनमा चालचलनमा प्रेममा आत्मामा बिश्बासमा अरुको लागी उदाहरण बन्न जरुरी छ। स्वयंम आफुले आफुलाई सत्य अनि निस्वार्थ साबित गर्न जरुरी छ कारण हामीले अरुको नजरमा सत्य निस्वार्थ साबित गरेर स्वयंम आफु देखी आफै चाही गलत छौं भने त्यो कुनै मान्य हुँदैन !

हामीहरुले सँधै अरुको नजरमा हैन स्वयंम आफ्नो नजरमा चाहि आफुले आफुलाई सत्य अनि निस्वार्थ बनी हाम्रो दैनिकी लाई निरन्तरता दिएको महसूस गर्न अनि आफ्नो ब्यवहार देखी आफै प्रफुलीत भई आफ्नो निस्वार्थ भावना अनि ब्यवहार प्रति आफैलाई सन्तुष्टी मिलोस् अनि मात्र हाम्रो घर हाम्रो गाँऊ हाम्रो समाज हाम्रो देश हाम्रो बिश्व ब्रह्माण्डमा नै शान्ति सुरक्षा बिश्बास र प्रेममा सदैब सुशोभित भई सुन्दर फुलको बिजन संसार भरी प्रष्फुटीत भई सुगन्धित बहार बनी सुन्दर अनि मनमोहक बगैचा झै सदासर्वदा फुलीरहने छ मुस्कुराई रहने छ सबैको मनमा सबैको घरमा सबैको सहरमा सबैको देशमा अनि बिश्ब ब्रम्हाण्डमा अमिट छाप बनी।